गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

गौमुल गाउँपालिकाका विपद् पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण

घाउमा मलम लगाएको प्रति पीडित परिवार खुसी
बाजुरा
रमित वि.क.
बिहीबार, साउन १८, २०८०
गौमुल गाउँपालिकाका विपद् पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण

बाजुरा ः गौमुल गाउँपालिकाका बाढी पहिरो विपद् पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । गिफ्ट नेपाल र मर्सीकोरको सहयोग र गौमुल गाउँपालिकाको समन्वयमा राहत वितरण गरिएको हो । 
करिव २८ प्रकारका सामाग्री एक औपचारिक कार्यक्रममा बीच गाउँपालिकाको केन्द्र घट्मुनामा पीडित परिवारहरुलाई हस्तान्तरण गरिएको गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले बताउनुभएको छ ।
त्रिपाल, डोरी, प्लाष्टिक, डेक्ची ३ वटा, चम्चा ५ वटा, कचौरा ५ वटा, थाली ५ वटा, थाली ५ वटा, जग, जरकीन, नेलकटर, काईयो, साबुन, बोतल, फिना म्याट, छाता, मास्क, बाल्टिन, झुल, टर्च, सेनिटरी प्याड लगायतका २८ प्रकारका सामाग्री प्रदान गरिएको हो । 
गौमुल गाउँपालिका–३ धल्काँडा, बेहरी गत साउन ११ गते आएको भारी वर्षा सहित बाढी पहिरो प्रभावित पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष प्रकाश रोकायाले बताउनुभएको छ । 
पीडाको बेलामा गौमुल सरकार, सरकारी तथा गैर सरकारी संघ संस्था, विभिन्न सञ्चार माध्यामले सहयोग गरेको प्रति वडा अध्यक्ष गोरख बोहराले धन्यवाद व्यक्त गर्नुभएको छ । 
राहत वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले दुःखको बेलामा लगाएको मलम प्रति सहयोगी निकायलाई धन्यवाद दिनुभएको छ । दुःखको बेलाको हेरेको र भोकको बेला दिएको सबै भन्दा बढी गुन हुने गरेको बताउनुभएको छ । 
राज्य नपुगेको ठाउँमा गिफ्ट नेपाल र मर्सीकोर पुगेकोले तत्काल जिल्लाका अन्य ठाउँमा बाढी पहिरोबाट प्रभावित परिवारको राहत र उद्दार कार्यका लागि सम्बन्धीत पालिका र सहयोग गर्ने दातृ निकायलाई ढुवानीमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
आवश्यकता धेरै ठुलो भएपनि मनकारी संस्थाले स्थानीय सरकारसंग समन्वय गरी सानो सहयोग गरेपनि ठुलो राहत महसुस पीडित परिवारले गर्ने भएकाले मनमा मन मिलाउनुपर्ने उल्लेख गर्नुभयो । 
राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष प्रकाश रोकाया, वडा अध्यक्ष गोरख बोहरा, गौमुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमा थापा, गिफ्ट नेपालका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी, मर्सीकोरका सन्तोष कुमार शर्मा, पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका सचिव रमित वि.क. र बाढी पहिरो पीडित परिवारका सदस्यहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया