गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:५५

विद्युत सेवा नियमित गर्न युवा संघ, खेलकुद र अनेरास्ववियुकाे माग

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ १०, २०८१
विद्युत सेवा नियमित गर्न युवा संघ, खेलकुद र अनेरास्ववियुकाे माग

बाजुरा : विद्युत सेवा नियमित गर्न बाजुरामा क्रियाशिल तीन संगठनले नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई माग गरेकाे छ ।

बाजुरामा विद्युत अनियमितताले नागरिकले हैरानी खेप्नु परेकाे भन्दै विद्युत सेवा नियमित गर्न ध्यानाकर्षण पत्र मार्फत राष्ट्रिय युवा संघ नेपाल बाजुरा, खेलकुद महासंघ र अनेरास्ववियु बाजुराले माग गरेकाे हाे । 

दैनिक लाेडसेडिङ्ग तथा विजुली झ्यापझुपले दैनिक कामकाजमा निकै असर पर्नुकाे साथै जिल्ला सदरमुकाममा बस्दै आएका विद्यार्थीलाई पढ्न समेत समस्या भएकाले तत्काल विद्युत नियमित गराउँन प्राधिकरणकाे ध्यान जानु पर्ने राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विष्न कार्कीले बताएका छन् । 

विहीबार नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झालाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।

जिल्लामा लाेडसेडिङ्गकाे अन्त्य हुनुपर्ने, काेल्टी क्षेत्रकाे लागि भईरहेकाे विद्युत लाइन विस्तार काम छिटाे छरिताे गरी त्यहाँका नागिरकलाई विद्युत पहुँचमा ल्याउनु पर्ने, जिल्ला भर राष्ट्रिय प्रसारण लाइन विस्तार भईरहेकाे छ ।

तर गुणस्तरीय काम नभएकाले दिगाेपनमा ध्यान दिनुपर्ने, ताेकिएकाे समयमा काम सम्पन्न हुनुपर्ने लगायका मागहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका छन् । 

तत्काल विद्युत सेवा नियमित र मागहरु सम्बाेधन नभए जिल्लामा क्रियाशील संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्ने अनेरास्ववियु बाजुराका सचिव लक्ष्मण राेकायाले बताएका छन् । 

ध्यानाकर्षण पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण, बाजुरा वितरण केन्द्रका प्रमुख राजेश झाले आइतबारबाट विद्युत सेवा नियमित हुने बताएका छन् । दैविक प्रकाेपले दुःख नदिए अबदेखि विद्युत नियमित हुने उनले बताएका थिए ।

बाजुरामा नेपाल विद्युत प्राधिकरणकाे ३३ केभी लाईन जडानकाे काम सकेर जिल्ला भरकाे चार्जिङ्ग लाेड समेत लिईसकेकाले अब विद्युत सेवा नियमित हुनेमा ढुक्क हुन झाले बताए ।

विगत ३ वर्षदेखि अछामकाे साँफे बगरबाट मार्तडी सम्म ११ केभी लाईन जडान थियाे । जसले गर्दा विद्युत सेवा अनियमित भईरहेकाे थियाे । अब मार्तडीमै ३३ केभी विद्युत लाईन सहितकाे सवस्टेशन निर्माण भएकाे छ । बाजुरामा प्रभावकारी विद्युत सेवा उपलब्ध गर्न आफूहरु हरप्रयास गरिरहेका बताउँदै महत्त्व पूर्ण मागहरु सम्बाेधनमा लाग्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विष्न कार्की, खेलकुद महासंघ बाजुराका अध्यक्ष सञ्जय विक, अनेरास्ववियु बाजुराका सचिव लक्ष्मण राेकाया लगायत युवाहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया