गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:४६

मार्तडीमा सञ्चालित कोल्ड स्टोरमा सुन्तला समेत राख्न थालियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०८, २०८१
मार्तडीमा सञ्चालित कोल्ड स्टोरमा सुन्तला समेत राख्न थालियो

बाजुरा ः बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको कोल्ड स्टोरमा सुन्तला समेत राख्न थालिएको छ । यसअघि आलु, बन्दा र अन्य तरकारी राख्ने गरेको कोल्ड स्टारमा अबबाट सुन्तला समेत राख्न थालिएको कृषि विकास शाखाका प्राविधिक रमेश विकले बताएका छन् ।

हस्तान्तरण भएदेखि नै बन्दा, आलु र अन्य तरकारी राखेर नियमित कोल्ड स्टोर सञ्चालनमा रहेको विकले बताएका छन् । कृषि विकास निर्देशनालय, बडीमालिका नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गोल्ड स्टोर निर्माण गत मंसिर १ गतेबाट सञ्चालनमा आएको थियो ।

मंगलबार बडीमालिका नगरपालिका-६ का किसानले उत्पादन गरेका अर्गानिक सुन्तला भण्डार गर्दै कोल्ड स्टोरमा राखिएको छ । कालिका फलफूल उत्पादन कृषक समूह कोर्धका कृषकहरुले बारीमा उत्पादन गरेको करिब ५ क्वीन्टल रसिलो सुन्तला कोल्ड स्टोरमा राखिएको हो ।

लामो समयसम्म सुन्तलालाई कोल्ड स्टोरमा भण्डार गरी बेमौसमको समयमा बजारमा विक्री गरिने भएको छ । साथै नगर क्षेत्रका सबै वडा र अन्य स्थानीय तहमा उत्पादित सुन्तला र अन्य फलफूल समेत उक्त कोल्ड स्टोरमा राखिने भएको छ ।

बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले कोल्ड स्टोरले कृषकहरुले उत्पादन गरेका तरकारी तथा अन्य फलफूल लामो समयसम्म भण्डार गर्न सकिने विश्वास लिएका छन् ।

नगर प्रमुख खड्कासँगै प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, वडा नम्बर-६ का वडा अध्यक्ष कृष्ण खड्का, कर्मचारी, कृषक लगायत कोल्ड स्टोरको अवस्था बारे जानकारी लिन पुगेका हुन् ।

गत मंसिर १ गते कोदो दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उक्त कोल्ड स्टोरको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया