गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३०
Dho

गौमुल गाउँपालिकाबाट मतदान केन्द्र तर्फ हिँडे कर्मचारी

विकट अम्लिसमा समेत टाेली पुग्याे
बाजुरा
गाैमुल खबर डटकम
मङ्गलबार, बैशाख २७, २०७९
गौमुल गाउँपालिकाबाट मतदान केन्द्र तर्फ हिँडे कर्मचारी

गौमुल गाउँपालिकामा मतदान अधिकृत सहित कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेका छ । गौमुल गाउँपालिका–१ को विकट मतदान केन्द्रका रुपमा रहेको अम्लिसमा मतदान अधिकृत भरत थापाको टोली गाउँपालिकाको केन्द्र घट्मुनाबाट अम्लिस तर्फ प्रस्थान गरेको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले गौमुल खबरसंग बताउनुभयो । 

आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारी खटाइसकेका छन् । मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयबाट सामग्री र कागजात बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताउनुभएको छ ।मतदान अधिकृत र सहयक मतदान अधिकृत सहित कर्मचारीहरु नियुक्ति पत्र, मतपत्र निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट मतपेटिका र मतदानलाई चाहिने सामग्री बुझेका हुन् ।

त्यस्तै गौमुल गाउँपालिका–२ मा रहेको पदमपुर आधारभुत विद्यालयमा दुई वटै मतदान केन्द्रका मतदान अधिकृत सहितको टोली समेत आज नै हिडेको छ । उक्त वडामा दुई वटा मतदान केन्द्र रहेका छन् । जसमा (क) मतदान केन्द्रमा मतदान अधिकृत दल बहादुर रोकाया र (ख) मतदान केन्द्रमा काँशीचन्द्र पाध्याय सहित सहायक मतदान अधिकृत र सहित कर्मचारीको टोली मतदान स्थलमा पुगेको छ ।

No description available.

त्यस्तै गौमुल गाउँपालिका–३ माझपालीमा समेत दुई वटा मतदान केन्द्र रहेका छन् । जसमा (क) मतदान केन्द्रमा मतदान अधिकृत जमुना सिंह र (ख) मतदान केन्द्रमा भेषराज पण्डित सहित सहायक मतदान अधिकृत र सहित कर्मचारीको टोली मतदान स्थलमा पुगेको छ ।  गौमुल गाउँपालिका–४ निलासैनमा मतदान अधिकृत हरिनारायण कुमार सुर्रेत यादव सहित सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीहरु सहित टोली सम्बन्धित स्थानमा पुगेको छ ।

गौमुल गाउँपालिका–५ मा मतदान अधिकृत विक्रम भट्ट सहित सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीहरु सहित टोली सम्बन्धित स्थान थलामा पुगेको छ । यसैबीच गौमुल गाउँपालिका–६ मा रहेको वडा कार्यालयको केन्द्र घट्मुनामा समेत मतदान अधिकृत जगदीश प्रसाद भट्ट सहित सहायक मतदान अधिकृतको टिमले निर्वाचनको तयारी गरिरहेको सहायक निर्वाचन अधिकृत जगदीश प्रसाद भट्टले बताउनुभएको छ । 

मतदान केन्द्रमा मतदान अधिकृतको सहित कर्मचारीहरुको टोली पुगेर निर्वाचन स्थलको अवलोकन तथा बन्दोबस्त मिलाउन थोलेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि स्थानीय राजनीतिक दलसंग समेत समन्वय तथा छलफल सुरु गरिएका छन् । 

प्रतिक्रिया