बाजुरा : गौमुल गाउँपालिका-६ सालीकाेटमा रहेको नवज्योति आधारभूत विद्यालयले अभिभावकसंग शैक्षिक समीक्षा गरेको गरिएकाे छ । दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रशासनसहित शैक्षिक गुणस्तर सुधारका निम्ति अभिभावक, शिक्षक र विद्यार्थीबीच समीक्षा गरिएको हो ।
पछिल्लो समय शैक्षिक क्षेत्रतिर अभिभावकको चासो केही मात्रामा कम देखिएको भन्दै वृहत् छलफल गरिएको विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाले बताएका छन् ।
छोरा छोरीलाई विद्यालय मात्रै पठाउने तर घरमा पढाईको वातावरण सिर्जना नगर्ने र विद्यालयले कस्ता किसिमका गतिविधि सञ्चालन गरिरहेको छ भन्ने जानकारी समेत नलिने गरेकाले त्रिपक्षीय संवाद सहितको समीक्षा गरिएको उनले बताए ।
शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षले उत्तिकै भूमिका खेल्नुपर्ने भएपनि अभिभावकले आफ्ना छोरा छोरीको उज्जवल भविष्यका बारेमा कम सोच्ने र बढी काममा केन्द्रीत हुने गरेकाले समीक्षामा अभिभावकले विद्यालय र छोरा छोरीप्रति सकारात्मक भूमिका खेल्न रोकायाले आग्रह गरेका छन् ।
विद्यालयको आयोजना तथा सेतो गुराँस बालविकास सेवा केन्द्रसंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सहकर्मी राेहित विकले जानकारी दिएका छन् ।
समीक्षामा कार्यक्रममा आगामीक दिनमा शैक्षिक क्षेत्रलाई बलियो बनाउने विषयमा छलफल गरिएको थियो । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायबीच सञ्चालन गरिएको समीक्षामा अभिभावकले जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालिएको हाे ।
समीक्षा कार्यक्रममा शिक्षक अभिभभावक संघका अध्यक्ष ज्ञामा विकले बालबालिका पछिल्लो समय मोबाईलले गर्दा बिग्रिने गरेकाले अभिभावकले मोबाईल भन्दा पनि पढाईतिर बढी आकर्षण गराउँन ध्यान दिनुपर्ने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर रोकायाले ६ घण्टा मात्रै विद्यालयमा शिक्षकसंग हुने र बाकी सबै समय बालबालिकाहरु अभिभावकसंगै रहने भएकाले घरमा अभिभावकले पढाईको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
त्यस्तै आजै विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरेको छ । उक्त परीक्षामा ९३ प्रतिशत विद्यार्थी सहभागी रहेका थिए । जसमध्ये ८१ प्रतिशत उत्तिर्ण भएका छन् ।
समीक्षामा वार्षिक परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण विद्यार्थीको संख्या बढाउँन सबै जिम्मेवार भएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर रोकायाकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा शिक्षक अभिभभावक संघका अध्यक्ष ज्ञामा विक, सेतो गुराँस बाजुराका सामाजिक परिचालक दशरथ बाेहरा, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षक धन बहादुर रोकायाले गर्नुभएको थियो ।
प्रतिक्रिया