बाजुरा : गौमुल गाउँपालिका-६ चौकाकी एक महिला नाबालक छोरा छोरी छोडेर परपुरुषसंग फरार भएकी छन् । हाल जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ मा डेरा गरी बस्दै आएकी गणेश रोकायाकी श्रीमती रेश्मा रोकाया अर्को केटो लिएर भागेकी हुन् ।
रेश्माका श्रीमान गणेश रोजगारीका सिलसिलामा हाल डेढ वर्षदेखि साउदीमा रहेका छन् । परिवार, श्रीमती र छोरा छोरीको खुशीका लागि पैसा कमाउनका लागि विदेशमा रहेका गणेशकी श्रीमती रेश्मा भने अर्को केटो लगेर माग १ गते रातिदेदेखि फरार भएकी उनका जेठाजु विरेन्द्र रोकायाले बताएका छन् ।
उनका एक ३ वर्ष र अर्को ८ वर्षको छोरा रहेका छन् । माघी तिहारमा दुबै छोरालाई गाउँमा पठाएर आफू अर्कै केटासंग फरार भएकी उनले बताए । अर्कै केटासंग सामाजिक सञ्जालमा मन्दिरमा विवाह गरेको फोटो फेला पारेको तर केटो कहाँको हो भन्ने पत्ता नलागेको रोकायाले बताएका छन् ।
बुवा विदेश, आमाले छोडेर गएपछि छोरा छोरीको विचल्ली भएको छ । उनीहरु अहिले ठुलाबुवा विरेन्द्रसंग बसिरहेका छन् । उनले भने दुबै छोरालाई घर पठाएका हुन्, लिन आउँन्छन् की भनेर आशा मानेका थियौं, तर स्कुलमा पढाई हुनथालेको एक दुई दिन हुँदा समेत लिन नआएपछि खबर गर्दा फरार भएकी भन्ने थाहा पाएको रोकायाले बताए ।
गौमुल गाउँपालिका-३ बेहरी माइती घर भएकी रेश्माले ३ तोला सुन, अन्य गरगहनासहित १० लाख नगद रुपैया लिएर फरार भएकी उनका श्रीमान गणेश रोकायाले बताएका छन् । रोजगारीका लागि साउदी गएदेखि हालसम्म गरेको कमाई सबै पैसा श्रीमतीकै खातामा जम्मा गर्ने गरेको बताए । आफ्नो हस्ताक्षर गरेका चेक समेत उनीसंगै रहेका उनको भनाइ छ ।
श्रीमती र छोरा छोरीको खुशीका लागि आफूले खाई नखाई कमाएर जम्मा गरेको रुपैया र दुई छोराको विचल्ली गरी फरार भएपछि आफूलाई थप समस्या भएको उनले दुखेसो गरेका छन् । उनको परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेद दिएको छन् । तर हालसम्म पत्ता भने लागेको छैन् ।
फरार रेश्मा तथा भगाउने केटालाई भेटाउने जोकोहीले नजिकको प्रहरी चौकी तथा फाेन नं. ९८४०१७६७०२ मा खबर गर्न परिवारले अनुरोध समेत गरेको छ । विहे गरेको झण्डै १० वर्ष पछाडी अर्को केटासंग फरार भएकी हुन् । अर्का केटासंग बेहुली पहिरनमा मन्दिरमा विवाह गरेको दुबै जनाको फोटो भने भेटाईएको छ । केटो भने तस्बीरमा कलिलै उमेरको देखिन्छ । तर कुन ठाउँको हो भन्ने पत्ता लाग्न सकेको छैन् ।
प्रतिक्रिया