बाजुरा : गौमुल गाउँपालिका १ अम्लिसमा चर्चित देउडा खेलाडी अछामीकी पानशरा थापाका साथ लाइभ देउडा सञ्चालन गरिएको छ । मौलिक संस्कृतिलाई जर्गेना गर्ने उद्देश्य सहीत चर्चित खेलाडी थापाको साथमा लाइभ देउडाको आयोजना गरिएको हो ।
माघी पर्वको अवसर पारी वडा स्तरीय महिला शसक्तिकरण मञ्चको आयोजनामा स्थानीय खेलाडी र चर्चित देउडा खेलाडीबीच देउडा खेलाईएको मञ्चका अध्यक्ष खिरी रोकायाले बताएकी छन् ।
देउडाको संरक्षण गरी पुस्तान्त्रणमा सहयोग पुग्ने हिसाबले माघी पर्वको अवसर पारी मञ्चले लाईभ देउडाको अयोजना गरेको उनले बताएकी छन् । गाउँमै धेरै देउडा खेलाडी भएपनि हालसम्म नकसैले चिनेका छन् । नत उनीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सकेका छन् ।
स्थानीय लाईभ देउडा खेलाडीको क्षमता प्रस्फुटनसंगै आम नागरिकमा चिनाउँने लक्ष्यका साथ चर्चित खेलाडी र स्थानीय खेलाडीबीच लाइभ देउडा सञ्चालन गरिएको मञ्चका सचिव जानकी रोकायाले बताएकी छन् ।
विहीबारबाट सञ्चालन गरिने भनिएको देउडा लाइभ भारी हिमपात र वर्षाका कारण स्थगित भई शुक्रबार विहानदेखि सुरु भएको थियाे । माघी पर्वको अवसर पारी आयोजना गरेको लाइभ देउडाको आज एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो ।
मञ्चका अध्यक्ष खिरी रोकायाको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गौमुल गाउँपालिका कार्यपालिका सदस्य मैना चदाँरा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा वडा सदस्य फुगे रोकाया रहेका थिए ।
त्यस्तै अतिथिमा पूर्व वडा सदस्य राम बहादुर लगायत रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य मैना चदाँराले मौलिक पर्वलाई जर्गेना गर्ने हेतुले यो वर्ष केही फरक ढंगले कार्यक्रम सञ्चालन गरिएको बताएकी छन् ।
चर्चित देउडा खेलाडीका बिच सञ्चालन गरिएको कार्यक्रमले केही सिकाई उपलब्धी हुने बताउँदै स्थानीय खेलाडीले समेत चर्चा पाउँने विश्वस लिएको बताएकी छन् । स्थानीय देउडा खेलाडीलाई स्थान नदिँदा कयौं प्रतिभाहरु लुग्दै गएको बताउँदै यसको संरक्षण गर्न यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानुपर्ने चदाँराले बताएकी छन् ।
लाईभ देउडाले स्थानीय स्तरमा खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वस व्यक्त गर्दै वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले पुस्तान्तरण तिर समेत सबैले ध्यान दिनुपर्ने बताएका छन् । पछिल्लो समय मौलिक पर्वहरु हराउँदै गएकोमा आधुनिक प्रविधिसंगै यसलाई जर्गेना गर्न सबै पक्षले उत्तिकै भूमिका खेल्नुपर्ने बताए ।
संस्कृतिलाई जर्गेना गर्न वडाले समूह लगायतका विभिन्न निकायसंग समन्वय गरी प्रतियोगिता आयोजना गर्दै आाएको बताएका छन् । लाइभ देउडा कार्यक्रममको सहजीकरण अर्जुन रोकाया, हिक्मत रोकाया, सुरेन्द्र रोकाया, देवी बोहरा लगायत गरेका थिए ।
प्रतिक्रिया