गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:५८

बाजुरामा हिमपात, चिसोले जनजीवन प्रभावित

गाैमुल खबर गाैमुल खबर
बिहीबार, माघ ०३, २०८१
बाजुरामा हिमपात, चिसोले जनजीवन प्रभावित

बाजुरा : बाजुरामा आज विहान हिमपात भएको छ । जिल्लाको हिमाली भेगमा भारी हिमपात हुनुको साथै तल्लो भेगमा वर्षा भएको हो । विहानबाट बाक्लो बादल लाग्नुको साथै वर्षासंगै हिमपात सुरु भएको थियो ।

जिल्लामा यो दोस्रो पटक हिमपात भएको हो । हिमपातसंगै वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । पाण्डुसैन, ढम्कने, पोरखे, अन्द्राडी, अम्लिस लगायतका स्थानमा दुई फिट जति हिउँ जमेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।

हिमपातसँगै जिल्लाको तापक्रम यतिबेला माइनसमा झरेको छ । हिमपातसँगै चिसो अत्येधिक बढेको स्थानीय बताउने गरेका छन् । लेकाली भेगमा हिमपात र तल्लो भेगमा वर्षा हुँदा किसान खुसी भएका छन् । गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकाका र खप्तड छेडेदह गाउँपालिकाका उच्च भेगमा विहानदेखि हिमपात भएको छ ।

जिल्ला सदरमुकाम मार्तडी कोल्टी-सडक पोरखेमा हिमपात र मार्तडीमा वर्षा भएपछि सडक चिप्लो हुँदा अवरुद्ध भएको छ । भने मार्तडी गौमुल सडक समेत चिप्लोका कारण अवरुद्ध भएको छ । विहानदेखि मौसम बदली भई हिमपात र वर्षात भएपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोले वृद्धवृद्धा र बालबालिका तथा सुत्केरी महिला बढी प्रभावित भएका छन् ।    

प्रतिक्रिया