गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:०८

भीरबाट लडेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २९, २०८१
भीरबाट लडेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।

शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । 

उनको टाउँकोमा चोट लागेको नाक, कानबाट रगत बगिरहेको र बारम्बार वान्ता गरिरहेकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भएको डाक्टर कुश नेपालीले बताएका छन् । अस्पतालमा भएजति आवश्यक उपकरण तथा औषधी प्रयोग गरेर बचाउँने प्रयास गरेपनि बचाउन नसकिएको उनले बताए । 

गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नभएपछि शनिबार नै अस्पतालबाट थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । आफ्नो बलबुता अनुसार उपचारका सबै विधि प्रयोग गरेपनि बचाउँन नसकिएको डाक्टर नेपालीले बताए । 

भीरबाट करिब १ सय ५० मिटर तल खसेकी थिइन् । सुस्त मनस्थिति भएका उनका बुबा कामको सिलसिलामा भारतमा रहेका छन् । 

प्रतिक्रिया