गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:२५

‘ए’ डिभिजन लिगको १६ वर्षमुनिको विधामा जाँदै गौमुलका सन्देश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २६, २०८१
‘ए’ डिभिजन लिगको १६ वर्षमुनिको विधामा जाँदै गौमुलका सन्देश

बाजुरा ः अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको ललित स्मृति कप ‘ए’ डिभिजन लिगको १६ वर्ष मुनीको फुटबल प्रतियोगीतामा मछिन्द्र क्लवबाट गौमुल गाउँपालिका सन्देश रोकायाले खेलिरहेका छन् ।

गत पुस १२ गतेबाट सुरु भएको प्रतियोगीतामा हालसम्म मछिन्द्र क्लवले राम्रो अंग प्राप्त गरिरहेको छ । प्रतियोगीतामा गौमुल गाउँपालिका–१ अम्लिस घर भएका रोकायाले उत्कृष्ट रुपमा खेलिरहेका छन् ।

मछिन्द्र फुटबल क्लवको तर्फबाट अखिल नेपाल फुटबल संघ एन्फा ‘ए’ डिभिजन लिगको १६ वर्षमुनिको विधामा रोकाया जाँदै छन् । रोकायाको खेलले गौमुल गाउँपालिकामा मात्र नभई सिंगो बाजुरा जिल्लाका लागि गर्वको विषय बनेको छ ।
 

प्रतिक्रिया