गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

पाण्डुसैन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २३, २०७९
पाण्डुसैन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् ।

प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै आक्रमण हुँदा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना प्रहरी र ४ जना अन्य गरी २० जना घाइते भएका छन् । १६ राउण्ड हावाई फायर चलाउँदा समेत स्थिती नियन्त्रण हुन नसक्दा सुरक्षा निकायका प्रमुख सहितको टोली घटना स्थलतिर गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

झडप नियन्त्रण नभएपछि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली घटना स्थलतिर गएको छ । दिनभरी तनावग्रस्त बन्दै गएको पाण्डुसैनमा थप सुरक्षा सहित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल लगायत सुरक्षा निकायका प्रमुख घटना स्थलतिर गएको प्रहरीले जनाएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ 

प्रतिक्रिया