गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

समाजवादी बाजुरा जिल्ला सचिव रावतमाथि काँग्रेस कार्यकर्ताद्धारा चक्कु प्रहार

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २३, २०७९
समाजवादी बाजुरा जिल्ला सचिव रावतमाथि काँग्रेस कार्यकर्ताद्धारा चक्कु प्रहार

बाजुरा : नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव पुर बहादुर रावतलाई नेपाली काँग्रेकाका कार्यकर्ताले चक्कु प्रहार गरेका छन । जिल्लाको बुढीनन्दा नगरपालिका–९ मा भएको नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुदा चक्कु प्रहार गरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनलाई चक्कु प्रहारपछि घाइते भएको प्रहरीको भनाइ रहेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यकर्ताबीच दोहोरो झडप हुदा नेता रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिएका छन ।

एकिकृत समाजबादीका कार्यकर्ता कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताले ढुगांमुढा प्रहार गरेपछी दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बोगटीले बताएका छन ।
 

प्रतिक्रिया