गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

बाजुराको पाण्डुसैन क्षेत्र तनावग्रस्त, प्रहरीले चलायो १४ राउण्ड गोली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २३, २०७९
बाजुराको पाण्डुसैन क्षेत्र तनावग्रस्त, प्रहरीले चलायो १४ राउण्ड गोली

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ९ पाण्डुसैनमा दिनभर तनावग्रस्त बनेको छ । समाजवादी र नेपाली काँग्रेसबीच दोहोरो झडप भएपछि तनावग्रस्त बन्दै गएको हो  । कुकुरलाई हिर्काएको भन्ने निउँमा दलका कार्यकर्ताबीच दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

प्रहरी चौकी नै घेराउमा राखेपछि झन तनावग्रस्त बन्दै गएको छ । प्रहरी नियन्त्रणमा लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चतुर्भुज ओझाले बताएका छन् । 

दिउँसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच भएको दोहोरो झडपलाई नियन्त्रण लिन सक्ने स्थिति नभएपछि नियन्त्रणमा ल्याउँन १४ राउण्ड हवाई फायर गरेको उहाँले बताए । 

नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गर्न थालेपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा संरक्षण लिनका गएका थिए । समाजवादीका कार्यकर्तालाई प्रहरी चौकी भित्र संरक्षण गरेको भन्दै प्रहरी चौकी नै घेराउँमा राखेका छन् । काँग्रेसका कार्यकर्ताले प्रहरी चौकी माथि नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी चौकी नै आक्रमण गरेको र नियन्त्रणका लागि १४ राउण्ड गोली चलाएको छ, अझैपनि नियन्त्रण भन्दा बाहिरी नै रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना पाण्डुसेन प्रहरी चौकिमा तथा घटानस्थल पुगेको छ । काँग्रेसले गाउँ–गाउँबाट मान्छे बोलाइरहेका छन्, स्थिति निकै तनावग्रस्त रहेको डिएसपी भतुर्भुज ओझाले बताएका छन् ।

प्रतिक्रिया