गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

बाजुरामा दोहोरो झडप : समाजवादीका कार्यकर्ता प्रहरीको संरक्षणमा, काँग्रेसद्धारा प्रहरी चौकी घेराउ

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २३, २०७९
बाजुरामा दोहोरो झडप : समाजवादीका कार्यकर्ता प्रहरीको संरक्षणमा, काँग्रेसद्धारा प्रहरी चौकी घेराउ

बाजुरा : बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा कार्यकर्ताबीच दोहोरो झडप हुँदा तनावग्रस्त भएको छ ।

समाजवादीका कार्यकर्ताहरु प्रहरीको संरक्षणमा रहेका छन् । नेपाली काँग्रेसका कार्यकर्ताले भने समाजवादी कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकी घेराउ गरेको छ ।

प्रहरी चौकी नजिक तनावग्रस्त भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एकिकृत समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेपछि प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रहरी चौकी समेत घेराउमा राखी तोडफोड गर्न लागेपछि प्रहरीले हवाई फायर गरेको छ । 

झडपमा ३ जना प्रहरी सहीत काँग्रेसका कार्यकर्ता सामान्य घाइते भएका छन् । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यकर्ताहरुले नारबाजी गर्नुका साथै तोडफोड गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 

प्रतिक्रिया