बाजुरा : बाजुरा प्रहरीले चोरी मुद्धाको फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का ३७ वर्षीय वीरबहादुर अयडी रहेका छन् ।
बाजुरा जिल्ला अदालतले चोरी मुद्धामा एक महिना ६ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी अयडीलाई आइतबार आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिएका छन् ।
गत साउन १६ गते चोरी मुद्धामा अदालतले कैद भुक्तानको फैसला गरेपछि फरार रहेका अयडीलाई प्रहरी निरीक्षक देव चौधरीको कमाण्डको टोलीले पक्राउ गरेको र कैद भुक्तानका लागि बाजुरा अदालतमा पेश गरिएको हाे ।
प्रतिक्रिया