गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

बाजुराको अगाउँपानीमा काँग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख २३, २०७९
बाजुराको अगाउँपानीमा काँग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्धारा हवाई फायर

बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । 

समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा काँग्रेसका कार्यकर्ताहरुले ढुङ्गामुडा प्रहार गरेपछि दोहोरो झडप भएको ज्ल्लिा प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन् ।

एकिकृत समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेपछि प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रहरी चौकी समेत घेराउमा राखी तोडफोड गर्न लागेपछि प्रहरीले हवाई फायर गरेको छ ।

झडपमा ३ जना प्रहरी सहीत काँग्रेसका कार्यकर्ता सामान्य घाइते भएका छन् । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यकर्ताहरुले नारबाजी गर्नुका साथै तोडफोड गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया