गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

गौमुल गाउँपालिकामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण र उपभोगलाई निषेध

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
गौमुल गाउँपालिकामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण र उपभोगलाई निषेध

बाजुरा : गौमुल गाउँपालिकामा स्थानीय तहको निर्वाचन अवधिभर मदिरा विक्री वितरण तथा उपभोगलाई गाउँपालिकाले निषेध गरेको छ ।  

निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा गाउँपालिकाको समग्र शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन आजबाट लागू हुने गरी मदिरा उत्पादन, भण्डारण, विक्री वितरण र उपभोगलाई निषेध गरिएको गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले रेडियो गौमुलसंग बताउनुभएको छ । 

आज उहाँकै कार्यकक्षमा सरोकारवाला सबैले सहयोग गर्ने भनी बसेको सर्वपक्षीय सर्वदलीय बैठकबाट जुनसुकै व्यक्ति तथा समूहले मदिरा सवेन गरी सार्वजनिक स्थानमा हिडेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने समेत निर्णय गरिएको छ ।
गौमुल गाउँपालिका घट्मुना बजारका सम्पूर्ण व्यवसायी र सर्वसाधारण जनसमुदायलाई निर्वाचन अवधिभर मदिराका उत्पादन,भण्डारण, विक्री वितरण एवं उपभोग नगर्न नगराउन गौमुल गाउँपालिकाकाले सबैमा आग्रह गरेको छ । 

आज बसेको बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने, गाउँपालिकामा मदिरा विक्री वितरण तथा उपभोगमा निषेध र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, मर्यादित र पारदर्शी र भयरहित बनाउन सबै राजनीतिक दलले सहयोग तथा सहजीकरण गर्ने समेत निर्णय गरिएको छ । 

निर्णय प्रतिकुलका कार्य गर्ने र गराईएको पाईएमा कानुन बमोजिम कारबाही गरिने समेत गरिने भएको छ । स्थानीय तहको निर्वाचन अवधिभर यस्ता कार्य नगर्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष शान्ति सुरक्षालाई प्रभावकारी बनाउँन सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाले समेत आग्रह गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेत, प्रहरी सहायक निरीक्षक नवराज भट्ट, नेपाली काँग्रेसका प्रतिनिधि देव बहादुर रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, गौमुल गाउँपालिकाका कर्मचारी कमला रेग्मी लगायत स्थानीय व्यापारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया