बाजुरा : गौमुल गाउँपालिकामा एचआरसी बाजुराको नयाँ परियोजना शुभारम्भ गरिएको छ । टिडीएच जर्मनको आर्थिक सहयोगमा बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना शुभारम्भ भएको हो ।
शुक्रबार परियोजनाको कार्यशाला गौमुल गाउँपालिकाको सभाहल सञ्चालन गरिएको थियो । गाउँपालिकाका–६ वटै वडामा परियोजना दिगो विकास र जिविकोपार्जन सम्बन्धी काम गर्ने भएको छ । परियोजनाको बारेमा एचआरसी बाजुराका कार्यकारी निर्देशक रमेश सुनार जानकारी गरेका थिए ।
गौमुलमा टिडीएच जर्मनको आर्थिक सहयोगमै गुणस्तरीय शिक्षा तथा बैकल्पिक परियोजना ३ वर्षसम्म सञ्चालन भई २०२४ मा सम्पन्न भएको थियो । परियोजनाका कार्यक्रमहरु सकिएको ९ महिनापछि २०२५ जनवरीबाट नयाँ परियोजनाको शुभारम्भ गरिएको सुनारले बताए ।
बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना शिक्षा, कृषि, बाल क्लव, समूह, महिला जागरण, पशुपालन, खेल क्षत्रे लगायत जिविकोपार्जनमा काम गर्ने भएको छ । विशेष गरी परियोजनाले गुणस्तरीय शिक्षा सुधारलाई बढी जोड दिने छ ।
बाजुरा जिल्लाका दुई पालिका गौमुल र छडेदह गाउँपालिकामा परियोजनाले जिवोकोपार्जनका गतिविधिहरु सञ्चालन गर्ने कार्यकारी निर्देशक सुनारले बताए । एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिकाको सभाहलमा सञ्चालन भएको परियोजना शुभारम्भ कार्यशाला कार्यक्रममा एचआरसी बाजुराका उपाध्यक्ष शुसिला थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले परियोजना शुभारम्भले थप काम गर्ने हौसाला प्रदान भएको बताउँदै गाउँपालिका र परियोजना बिचको सम्बन्ध प्रगाढ बनाउँदै लैजाने बताएका छन् ।
जिविकोपार्जनमा काम गर्ने परियोजनाले दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याउँन महत्वपूर्ण भूमिका खेल्ने विश्वस लिईएको बताएका छन् । अध्यक्ष रोकायाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ६ वटै वडाका वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थयो । भने कार्यक्रमको सञ्चालन एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले गरेका थिए ।
प्रतिक्रिया