गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१९

सबैको साझा प्रयासले मात्र शैक्षिक गुणस्तर सम्भव छ : अध्यक्ष विक

प्रमित वि.क. प्रमित वि.क.
बिहीबार, पुष ११, २०८१
सबैको साझा प्रयासले मात्र शैक्षिक गुणस्तर सम्भव छ  : अध्यक्ष विक

बाजुरा : कीर्तिचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर विकले सबैको साझा प्रयासले मात्रै शैक्षिक गुणस्तर सम्भव रहेको बताएका छन् । आज विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो भएका हुन् । 

गाैमुल गाउँपालिका-४ का वडाध्यक्ष समेत रहेका विकले शैक्षिक गुणस्तर सुधार गर्न एकले मात्रै लागेर सम्भव नहुने भएकाले सबै पक्षले आआफ्नो स्थानबाट लाग्नुपर्ने बताएका छन् । विद्यालयका भौतिक संरचना निर्माण करिब सकिएकाले अन्य थप व्यवस्थापनसंगै गुणस्तर सुधारमा तन, मन दिएर मेहनतका साथ लागिरहेका बताउँदै सबैले सक्रिय भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । 

अध्यक्ष विकले अब प्रविधिमैत्र बनाएर शिक्षाको गुणात्मक सुधार गर्नुपर्ने भन्दै सोही अनुरुप योजनासहित अगाडी बढ्दै जाने जानकारी गराएका छन् । अभिभावकले बालबालिकाको आत्मविश्वास बढाउने तथा उनीहरूका समस्या बुझी आवश्यक परामर्श उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।

शिक्षको एकल प्रयासले गुणस्तर सुधारमा सार्थक बन्न नसक्ने भएकाले विद्यालयमा सञ्चालित शैक्षिक गतिविधिको सरकारी संयन्त्र, अभिभावक, जनप्रतिनिधि, एवं सरोकारवाला निकायहरुको नियमित अनुगमन तथा सुपरिवेक्षण आवश्यक रहेको बताए । अब विद्यालयको भौतिक पक्ष भन्दा शैक्षिक पक्ष सुधारमा प्रतिबद्ध हुनुपर्ने समय आएकाले अबको ५ वर्षभित्र प्रविधिमैत्री पठनपाठन सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

अध्यक्ष विकले विभिन्न अवसर तथा चुनौतीको बिचबाट विद्यालयका गतिविधिहरु सञ्चालन गरिरहेका बताउँदै विद्यालय पालिकाको केन्द्र नजिक सडक पहुँचदेखि भौतिक संरचना निर्माण र सबै शिक्षक दरबन्दीले धेरै सम्भावना रहेकाे र थुप्रै जनशक्ति हुदाहुँदै पनि आफूहरुले चाहेजस्तो विद्यालयको शैक्षिक अवस्था बनाउँन नसक्नु चुनौती रहेको बताए ।

विद्यालयलाई पवित्र सरस्वतिको मन्दिरको रुपमा स्थापित गर्न र पुजारीका चेलाहरुको व्यवहार तथा सम्बन्ध आधार निर्माण गर्न ५ वर्षको रणनीति तय पार्ने उनको भनाइ थियो । केही वर्षको भन्दा विद्यालयलाई लयमा पुर्याउन सहयोग गर्ने दाता तथा व्यक्तिहरुलाइ धन्यवाद समेत व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिंहले अभिभावकले बालबालिकामा सही ढंगले लगानी लगाउनुपर्नेमा जोड दिएका छन् । गलत किसिमले लगानी लगाउने प्रवृत्ति रहेकाले ठुलोमा नभएर सानो उमेरबाटै नै लगाउनी लगाउँन अपिल गरेका छन् । उनले विद्यालयलाई आफूले सकेजति आर्थिक, भौतिक लगायत अन्य सहयोगहरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

प्रतिक्रिया