बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जनताका समस्या समाधान गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । बुधबार वडा नं.६ को वडा स्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जनताका थप आधारभूत आवश्यकताहरु सकेजति आफूहरुको कार्यकालभित्रै पूरा गर्ने लक्ष्य रहेको बताए । वडाको प्रगति समीक्षासंगै नागरिकका सरकारप्रति जिज्ञासा, सुझाव सल्लाह, प्रतिक्रिया संकलन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत, सिचाईका क्षेत्रमा आफ्ना जिज्ञासा राखेका थिए ।
जवाफमा गाउँपालिका रोकायाले गाउँपालिकामा विकास निर्माणका गतिविधी निरन्तर भईरहेका जानकारी गराउँदै गाउँ तथा टोलहरुमा सडक विस्तारदेखि बाकी रहेका विद्यालयका भौतिक संरचना, ढल निकास, खानेपानी, सिचाई लगायतका विकासमा आफू गम्भीर रुपमा लागिरहेको बताएका छन् ।
साना योजनाहरु पलिकामा सञ्चालित तथा सञ्चालनमा आउने संस्थाहरुसंग सहकार्य तथा साँझेदारी गरी निर्माण गरिने बताएका छन् । घट्मुना हुँदै टाडाँकोट जोड्ने सडक कहिले निर्माण हुन्छ ? भन्ने नागरिकको प्रश्नमा अध्यक्ष रोकायाले सडक ४ वटा वडामा विस्तार भईसकेका तथा बाकी २ वडा कार्यालयलाई सडकको पहुँचमा जसरी भएपनि यस वर्षभित्रै जोड्ने र त्यसपछि गाउँ टोलमा सडक विस्तार गर्ने योजना रहेको बताएका छन् ।
सबै वडा कार्यालयसम्म सडक विस्तारपछि घट्मुना–टाडाँकोट सडकलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य गर्ने बताएका छन् । सबै भन्दा पहिला सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गरी त्यसलाई नै प्राथमिकरणमा राख्दै क्रमःस निर्माण कार्य गर्ने गरिएको उनले बताए ।
देशमा आर्थिक संकट निम्तिदै गएकाले गाउँपालिकामा आउँनुपर्ने बजेट काटिनु तथा पालिकामा भनेजति राजश्व संकलन नहुनू र दायित्व थपिदै जानुले विकास निर्माणका काम गर्न कठिनाई भईरहेको उनले बताएका छन् ।
उनले भने विकास विस्तारै हुँदै जाने कुरा हो, यो सरकारका जिम्मा छोड्नुहोस् । विकास आज नभए भोली हुन्छ । तर आफू कसरी परिवर्तन हुने भन्नेमा ध्यान दिन आवश्यक रहेको बताए । सबै भन्दा बढी आर्थिक गतिविधिमा जोड दिदै प्रतिफल दिने कामहरु गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया