बाजुरा : गौमुल गाउँपालिका वडा नं.४ को वडा स्तरीय प्रगति समीक्षा सम्पन्न भएको छ । वडाको केन्द्र निलाशैनमा आज भएको समीक्षामा साउँनदेखि पुस महिनासम्म गरेका वडाका हरेक गतिविधीहरु सार्वजनिक गरेको हो ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाकोे प्रमुख अतिथिमा सञ्चालन भएको समीक्षा कार्यक्रममा वडाध्यक्ष अमर बहादुर विकले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा कार्यालयले दिने सेवाका बारेमा जानकारी, जनगुनासा सुन्न, आवश्यक योजना तयार गर्ने उद्देश्यसहित ६ महिना सम्मको समीक्षा गरिएको उनले बताए ।
वडामा सत्य आविको भवन निर्माणाधिन, पनपार्क निर्माणाधिन, प्रथम थारखोला नहर मर्मत, कौडाकोट, विरा खडीखेत, गदाडा, घोगाला, बगर, डाडाबाडा गोरेटो बाटो निर्माण सम्पन्न, घट्मुनादेखि वडा कार्यालय सम्मको सडक स्तरन्नती, वडा कार्यालयको भवन निर्माण, प्रथम थारखोलाको नहर मर्मत, कालादह कोठेपुल निर्माण कार्य प्रक्रियामा रहेको वडाध्यक्ष विकले बताएका छन् ।
त्यस्तै सत्य आविको खानेपानी तथा शाैचालय र घेरबार निर्माण, प्रथम थारखोलाको नहर निर्माण, कीर्तिचौर माविको भवन निर्माण, पानस बालविकासको खेलमैदान तथा घेरबार निर्माण, मानाकोट स्वास्थ्य चौकीको भवन तथा घेरवार, गेरेनीखोला सिचाई योजना, कोटपातल तल्लेखाली सिचाई लगायतका योजनाहरु प्रस्तावितमा राखिएका छन् ।
सामाजिक सुरक्षा अन्र्तगत जेष्ठ नागरिक भत्ता पाउँने ३९ जना, एकल महिला भत्ता पाउँने ८ जना, आर्थिक सहायता भत्ता ४ जना, अपागंता ८ जना, बालपोषण भत्ता १८३ जना रहेका छन् । भने हालसम्म वडाबाट साधारण सिफारिस ९९ जना, जन्मदर्ता १२ जना, मृत्यु दर्ता ३ जना, विवाह दर्ता ५ जना, नागरिकता सिफारिस १२ जनाले सेवा लिएका छन् ।
त्यसैगरी विभिन्न शिर्षकबाट १९ हजार ८६ रुपैयाँ राजश्व संकलन भएको वडाध्यक्ष विकले बताएका छन् । खेतजिउला–रतखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सभवना, जडीबुडी संकलन तथा प्रशोधन, पशुपालन उत्पादन, स्थानीय सामाग्री उत्पादन तथा बजारीकरण, फलफूल खेती उत्पादन तथा बजारीकरण लगायतका थुप्रै वडामा सम्भावना रहेको उनले बताए ।
वडाध्यक्ष विककै अध्यक्षतामा सञ्चालन भएको समीक्षा कार्यक्रमको प्रमुख अतिथिमा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया रहनुभएको थियो । भने अतिथिमा वडा नं.५ का अध्यक्ष कलक सिंह, कार्यपालिका सदस्य चक्रबहादुर सार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य धनलक्ष्मी जैशी, गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, गाउँपालिका पूर्वाधार तथा प्राविधिक शाखाका धुर्वराज थापा, कम्प्यूटर अप्रेटर पुरन गौतम, पञ्जीकरण शाखाका बहादुर सिंह बोहरा लगायत रहनुभएको थियो ।
वडा सचिव ईश्वरी केसीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य मंगल धामी, तुसार सार्की, गिता रोकाया, जना सार्की, वडा नं.५ का वडा सदस्य राम रोकाया लगायत स्थानीयको बाक्लो उपस्थित रहेको थियो ।
प्रतिक्रिया