गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:२३

विद्यार्थीसंग अध्यक्ष रोकाया, लक्ष्य लिएर पढ्न सुझाव

प्रमित वि.क. प्रमित वि.क.
आइतबार, पुष ०७, २०८१
विद्यार्थीसंग अध्यक्ष रोकाया, लक्ष्य लिएर पढ्न सुझाव

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले विद्यार्थीलाई लक्ष्य लिएर पढ्न सुझाव दिएका छन् । आज शैक्षिक गतिविधी बुझ्न वडा नं.५ मा रहेको मानाकोट माध्यमिक विद्यालयमा पुग्नु भएका अध्यक्ष रोकायाले कक्षा कोठामै गएर विद्यार्थीहरुलाई यस्तो बताएका हुन् ।

कक्षा–८ र कक्षा–१० का विद्यार्थीलाई कक्षा कोठामै गएर उनीहरुका लक्ष्य, उद्देश्य र योजनाहरुको बारेमा बुझेका थिए । अध्ययनरत प्रत्येक विद्यार्थीले आआफ्नो लक्ष्यहरु अध्यक्ष रोकायालाई सुनाएका थिए । 

मेहनतका साथ अध्ययन गरे असम्भव भन्ने कुरा केही पनि नहुने बताउँदै भविष्यको बाटाहरु आजनै निर्धारण गर्न आग्रह गरेका छन् । उद्देश्य सहीत अगाडी बढ्ने हो भने सरल ढंगले पूरा हुने र आफू, परिवारलाई खुशी राख्न र समाजलाई न्याय दिन सक्छु भन्ने कुरा सोच्न जरुरी रहेको बताएका छन् । 

उमेर नपुगी विवाह गर्ने, चोरी डकैती र अनैतिक क्रियाकलाप जस्ता नकरात्मक कार्यमा लागेपछि भविष्य अन्धकार हुने भएकाले भविष्य उज्जवल बनाउँन सकारात्मक कार्य गर्न सुझाएका छन् । लाजले आफूसंग भएको क्षमता हराउँदै जाने भएकाले सकारात्मक काम गर्न लाज नमान्न आग्रह गरेका छन् । 

कक्षा कोठामा जीवनशैली परिवर्तनका विभिन्न अतिरित्त क्रियाकलाप सञ्चालन गर्न र अग्रेजी विषयलाई विशेष ध्यानमा राखेर पढ्न विद्यार्थीलाई सुझाव दिए । विद्यालय प्रशासनलाई अबको विश्व सुवाउँदै प्रविधिबाट शिक्षण गराउँन सक्रिय हुनुपर्ने बताउँदै कक्षा–१ देखि नै अग्रेजी माध्यमबाट पढाई सुरुवात गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया