गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:०८

बाजुरा भूकम्प अपडेट : घरहरुमा क्षति, थप विवरण संकलन गर्दै प्रहरी

भूकम्प अपडेट
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष ०६, २०८१
बाजुरा भूकम्प अपडेट : घरहरुमा क्षति, थप विवरण संकलन गर्दै प्रहरी

बाजुरा : शनिबार बिहाना ४ बजेर १४ मिनेटमा गएको भूकम्पका कारण जिल्लाका केही ठाउँमा क्षति गरेको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको हो । जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईबाट भूकम्पको क्षतिको विवरण संकलनका लागि ५५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले बताएका छन् ।

भूकम्पका कारण जिल्लाका केही स्थानमा भौतिक संरचनामा क्षति भएको पाईएको छ । ईलाका प्रहरी कार्यालय बुढीनन्दाका अनुसार बुढीनन्दा नगरपालिका–२ कोल्टी बस्ने कल्पना बुढाको २ तले ४ कोठे कच्ची घरको पछाडी पट्टीको वाल भत्केको र पुर्ण क्षती भएपनि निजको परिवार आफ्नै अर्को घरमा बसेका छन् ।

सोही वडाको मेलढुस्ना बस्ने धनी बोहराको ३ तले ५ कोठे पत्थरले छाएको कच्ची घरको पछाडी भत्केको सोही घरमा बसेको छन् । उक्त वडाका साईमल रोकायाको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे कच्ची घर चर्कीएको छ ।

त्यस्तै बुढीनन्दा नगरपालिका तलीकोठी बस्ने घनश्याम बुढाको ३ तले ५ कोठे कच्ची घरको बाँया पट्टीको वाल भत्केको छ । सोही ठाउँमा कैलाश अतिथि गृह भवन १ तले २ कोठे भवनको पछाडीको वाल भत्किएको छ ।

तल्लाबाडा बस्ने जनक बोहराको ४ कोठे २ तले कच्ची घर भत्किएर पूर्ण रुपमा क्षति भएको प्रहरीको तथ्याङ्गकमा उल्लेख गरिएको छ । सिराडी बस्ने तिने चदाँराको ३ तले ४ कोठे घरको बाया पट्टीको वाल भत्केको परिवार आफनै अर्को छानोमा बसेका छन् ।

नुरी बस्ने मानसिंह थापा भोटेको २ तले ४ कोठे घरको अगाडी पट्टीको वाल भत्केपछि निजको परिवार हाल आफ्नै अर्को घरमा बसेको छन् । ईलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षक वीर बहादुर कठायतको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

पाण्डुसैनका पदम सार्कीको ३ तले ६ कोठे ढुङगा माटोले बनेको कच्ची घरको दाया र बाँया पट्टीको भित्ता चर्केको–उच्च जिखिममा परेको छ । स्वामीकार्तिक खापर गाउँपालिका–१ खोलाह बस्ने दशरथ विकको २ तले २ कोठे ढुङ्गा माटोले बनेको कच्ची घरको वाल चर्केको बताईएको छ ।

आनन्द विकको २ तलौ ४ कोठे कच्ची घर चर्केको, चम्फे विकको २ तले ३ कोठे कच्ची घरको भित्ता चर्केको, मन विकको २ तले ३ कोठे कच्ची घरको धित्ता चर्केको छन् ।

त्यस्तै जिल्लाका अन्य स्थानमा भूकम्पका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

No photo description available.

प्रतिक्रिया