गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५२
Dho

बाजुराकाे गौमुलमा युवाहरु धमाधम एमाले प्रवेश गर्न थालेपछि काँग्रेसमा छायो निरासा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
बाजुराकाे गौमुलमा युवाहरु धमाधम एमाले प्रवेश गर्न थालेपछि काँग्रेसमा छायो निरासा

स्थानीय तह निर्वाचन आउन ८ दिन बाकी छ । यतिबेला विभिन्न दल नेता तथा उम्मेदवारहरु चुनावी प्रचार–प्रसार सहीत जनता सामु भोट माग्न बेस्त देखिएका छन् । चुनाव नजिकिएसँगै उम्मेदवारहरु जित्ने दाउँमा छुट्टाछुट्टै रणनीतिमा लागि रहेका छन् ।

जनताका माझ घोषणा पत्र लिएर भोट मागिरहेका छन् । पालिकाका विभिन्न वडाहरुमा चुनावी आमसभा कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् । गाउँमा यतिबेला चुनावी माहोल तात्दै गएको छ । विभिन्न पार्टीबाट उम्मेदवार बनेका उम्मेदवारहरु म र मेरो पार्टीको सिंगो प्यानल जिताउँनु पर्छ भनेर जनताको घरदैलोमा पुगिरहेका छन् । 

यसैबीच वडाहरु चुनावी अभियान समेत लगभग अन्तिम चरणमा पुगिसकेको छ । कतै वडाहरुमा आमसभा कार्यक्रमहरु जारी रहेका छन् भने कतै सकाएर आफ्नै रणनीतिमा जनताको घरदैलोमा पुग्ने अभियानमा लागि रहेका छन् । भोटहरुलाई यो चिन्ह्रमा यसरी भोट हाल्नु है भनेर सिकाउँने काम समेत भईरहेको छ । यसै साथ गौमुल गाउँपालिकामा पनि चुनावको माहोल तात्दै गएको छ । गौमुलमा नेकपा एमाले बलियो रहेको पालिकामा यतिबेला चुनावी आमसभा सम्पन्न गरी मतदाता सामु उम्मेदवार भेटघाटमा व्यस्त देखिएका छन् ।

नेकपा एमालेबाट गौमुल गाउँपालिकामा जनसमर्थन रहेका उम्मेदवारहरु गाउँ–गाउँमा पुगेर जनतालाई भेट्न थालेपछि जनताहरु समेत खुशी भएका छन् । घरदैलोमै अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवार पुगेपछि जनताहरुले जितकाे आर्शिवाद दिनुको साथै जिताउँने पक्षमा लागि परेका छन् । 

गौमुल गाउँपालिकामा चुनावी आमसभा कार्यक्रमा नेकपा एमाले रोज्नेको संख्या दैनिक दिन बढ्दै गएको छ । सभामा सयौंको संख्यामा एमाले प्रवेश गर्न थालेका छन् । नेपाली काँग्रेसमा आस्था राख्दै आएका गौमुलका अधिकांस युवाहरु धमाधम एमाले प्रवेश गर्न थालेपछि काँग्रेसमा निरासा छाउँदै गएको छ ।

एमालेको लालकिंला भनेर चिनिने गौमुल गाउँपालिकामा यो चुनावदेखि अझै बलियो रहने देखिन्छ । काँग्रेस भने निकै कम्जोर हुने देखिन्छ । नेकपा एमाले विकास गर्ने पार्टी जनताको भावना बुझ्ने पार्टी भएको भन्दै युवाहरु नै एमाले प्रवेश गर्न थालेका छन् । हुनाहार युवाहरु नै एमाले प्रवेश गर्न थालेपछि काँग्रेसमा निरासा छाउँनुको साथै गौमुलमा कम्जोर बन्दै गएको छ ।

२०७४ सालको चुनावमा एमालेबाट भारी मत विजयी भएका जनप्रतिनिधीहरुले पाँच वर्षको अवधिमा जनताका आवश्यकता अनुसारको विकास गरेपछि एमालेमा समर्थन जनाउँनेको संख्या निकै बढेको हो । नेकपा एमालेबाट गौमुल गाउँपालिकाको अध्यक्षमा हरि बहादुर रोकाया, उपाध्यक्षमा सीता थापा २०७४ सालको चुनावमा भारी मतले विजयी भएका थिए । 

यो चुनावमा पनि उहाँहरुलाई नै उम्मेदवार बनाएको छ । विगत पाँच वर्षको अवधिमा रोकाया र थापाले जनताले सोचे भन्दा बढी विकास गरेर देखाएपछि फेरी जनताले उहाँहरुलाई नै दोहोर्याएको हो । गौमुल गाउँपालिकाको अध्यक्षमा हरि बहादुर रोकाया र उपाध्यक्षमा सीता थापाले टिकट पाएपछि जनताहरु निकै हर्षित भएका छन् । 

त्यस्तै एमालेबाट गौमुल गाउँपालिकामा ४ वटा वडामा वडाध्यक्ष फेरिएका छन् भने २ वटा वडामा पुनः दोहोरिएका छन् । जसमा वडा नं.१ बाट देव बहादुर रोकाया, वडा नं.३ मा गोरख रोकाया, वडा नं.४ मा अम्मर विक, वडा नं.५ मा कलक बहादुर सिंह गरी ४ वटा वडामा वडाध्यक्ष फेरिएका हुन् । भने वडा नं.२ मा देव बहादुर रोकाया, वडा नं.६ मा प्रकाश बहादुर रोकायाले नै टिकट पाएका छन् । 

वडा नं.२ मा २०७४ सालको चुनावमा काँग्रेसबाट चक्रबहादुर रोकाया विजयी भएका थिए । यो चुनावमा भने वडाध्यक्षमा नेकपा एमाले विरासत फर्काउने दाउँमा देखिएको छ । सोही वडामा एमाले बलियो हुँदै गएको छ । काँग्रेसमा आस्थावान राख्दै आएका युवा तथा सयौंको संख्यामा परिवारहरु नै एमाले प्रवेश गर्न थालेपछि उक्त वडामा एमाले बलियो हुदैं गएको छ । 

त्यसैगरी वडा नं.६ मा ०७४ को चुनावमा प्रकाश बहादुर रोकाया विजयी भएका थिए । बैशाख ३० गते हुने चुनावका लागि समेत उहाँले नै टिकट पाएका छन् । पाँच वर्षको अवधिमा रोकायाले आफ्नो वडामा थुप्रै विकास निर्माण कार्यहरु गरेपछि जनताले पुनः रोकायालाई नै वडाध्यक्षको उम्मेदवार बनाएका हुन् । सोही वडामा हाल नेकपा एमाले झनै बलियो बनेको छ । गौमुल गाउँपालिकामा उम्मेवारहरु घरदैलो अभियान व्यस्त रहेका छन् ।    
 

प्रतिक्रिया