गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५६
Dho

बाजुराको गणखेतमा कृषक दिवस मनाइयो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
बाजुराको गणखेतमा कृषक दिवस मनाइयो

गणखेत कृषक पाठशाला समूहले गहुँ बाली विषेश कृषक दिवस मनाएको छ । सहभागितामूलक जातिय छनौट, आधारित कृषक पाठशाला भन्ने मूल नाराका साथ कृषक पाठशाला समूहले लगाएको गहुँ बाली काट्ने समयलाई मध्येनजर गरी कृषक दिवस मनाएको हो । 

कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्र्र्र्राविधिक सहयोग र गणखेत कृषक पाठशालाको आयोजनामा कृषक दिवस मनाएको पाठशाला समूहका सहजकर्ता हेमराज उपाध्याले बताएका छन् । बडीमालिका नगरपालिका–८ गणखेत कृषक समूहद्धारा सञ्चिालित सहभागितामूलक जातीय छनौटमा आधारित कृषक पाठशाला २०७८ कार्तिक २५ गते स्थापना भई विभिन्न जात र प्रविधिमा गहुँकोे १० वटा जातको जातिय प्ररीक्षण गर्ने उद्देश्यका साथ पाठशाला स्थापना गरिएको हो ।

पाठशालामा २२ जना महिला र ३ जना पुरुष गरी २५ जनाद्धारा सञ्चालन भई रहेको सहजकर्ता उपाध्याले बताए । कृषक दिवस कार्यकक्रममा कृषक पाठशाला प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले किसनाले चाहेको जातको स्वाद र गुणका आधारमा किसानलाई जात छनौट गर्न लगाउने र उक्त जातलाई उत्पादन गर्न प्रोत्साहन गर्ने र भौगोलिक दृष्टि कोणको आधार गर्न पनि कार्यक्रमको उद्देश्य रहेको बताए । 

कृषक पाठशाला संचालन गरिसकेपछि कृषकहरुमा परम्परागत प्रविधिलाई न्युनिकरण गरी उन्नत जता प्रविधि विस्तार पश्च्यात कृषकहरुको जीवन स्तरमा सुधार भई उत्पादन र उत्पादकत्वमा वृद्धी हुनूको साथै आएआर्जनमा वृद्धी गर्न सहजता भएको छ ।

कृषिमा आधुनिकरण, गहुँ उत्पादन धेरै गर्न, गहुँलाई रोग र किराबाट बचाउन, कृषकलाई दक्ष तथा अनुभव प्राप्त गराउन उक्त कार्यक्रम कृषकलाई सहयोग पुगेको बताईएको छ । कृषक दिवस कार्यक्रममा कृषक पाठशालामा उपलब्धी भएका कुरा सहीतको प्रतिवेदन प्रस्तुत समूहबाट रमा ऐडी गरेकी थिइन् ।

उनले कृषि पठाशाला समूहमा कृषि सम्बन्धी धेरै ज्ञान प्राप्त गरेको बताएकी छन् । बाली विधिता चक्र, बालीको सूची, चातको सूची, गुण अवगुणहरु छुट्याउँन लगायत कृषि सम्बन्धी थुप्रै कुराहरु पाठशाला समूहमा सिकाई भएको कृषकहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले किसनालाई खेतबारीमै प्रत्यक्ष सहभागि गराएर कृषि सम्बन्धी आवश्यकता अनुसारको ज्ञान दिने अभियान सञ्चालन गरे मात्र उत्पादनमा वृद्धी हुने बताएका छन् । कृषकको परम्परागत चली आएको ज्ञानलाई संरक्षण गर्ने र प्राप्त गर्दै आएको परम्परागत ज्ञानलाई नयाँ खालको प्रविधिसँग जोड्न सकेपछि सुवाउँदो खालको प्रविधिलाई विकास गर्न सकिने पनेरुले बताए । 

ठाउँ अनुसारका लागि उपयुक्त हुने बालीको जातहरु कुन हो भनेर परीक्षण गर्न उक्त कार्यक्रम लागु गरएको र बाजुरा जिल्लामा क्षेत्रफल बढी भएपनि उत्पादन कम रहेकोले उत्पादन बढाउँन उन्नत जातको विउँको प्रचार–प्रसार गरेपछि मात्र उत्पादन बढ्ने र खाद्य सुरक्षामा समेत टेवा पुग्ने उनको भनाई रहेको छ । 

 कृषि पाठशाला समूहका अध्यक्ष जंग बहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको कृषक दिवस कार्यक्रमको प्रमुख अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरु रहनुभएको थियो । विशिष्ट अतिथिमा बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्ट रहनुभएको थियो । 

कार्यक्रममा कृषि विकास शाखा प्रमुख तथा प्राविधिक गोरख रावल, पशु सेवा शाखा प्रमुख बलराम रावल लगायत अतिथिमा रहनुभएको थियो । गहुँ काटेर कृषक दिवस कार्यक्रमको उद्घाटन गरिएको थियो । दिवसमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार र कृषक लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया