गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०१:०७

बाजुरामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण र उपभोगलाई निषेध

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २२, २०७९
बाजुरामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण र उपभोगलाई निषेध

 बाजुरा : स्थानीय तहको निर्वाचन अवधिभर मदिरा विक्री वितरण तथा उपभोगलाई निषेध गरिएकाे छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा जिल्लाको समग्र शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन आजबाट लागू हुने गरी मदिरा उत्पादन, भण्डारण, विक्री वितरण र उपभोगलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

सरोकारवाल सबैले सहयोग गर्ने भनी बुधबार बसेको सर्वपक्षीय सर्वदलिय बैठकबाट जुनसुकै व्यक्ति तथा समूहले मदिरा सवेन गरी सार्वजनिक स्थानमा हिडेको पाईएमा कडाभन्दा कडा कारबाही गरिने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् ।

बाजुरा जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी र सर्वसाधारण जनसमुदायलाई निर्वाचन अवधिभर मदिराका उत्पादन, भण्डारण, विक्रि वितरण एवं उपभोग नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय बाजुराले एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

साथै निर्णय प्रतिकुलका कार्य गर्ने र गराईएको पाईएमा कानून बमोजिम कारवाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी विष्ट बताए । स्थानीय तहको निर्वाचन अवधिभर यस्ता कार्य नगर्न र विर्वाचनलाई स्वच्छ, निष्पक्ष शान्ति सुरक्षालाई प्रभावकारी बनाउँन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि उहाले अनुरोध गर्नुभएको छ 
 

प्रतिक्रिया