बाजुरा : बाजुरामा भीरबाट लडेर एक जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–९ चौराटाका ४० वर्षीया महाविरे चदाँरा जंगलमा दाउँरा काट्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार चदाँरा आईतबार विहान सोही नगरपालिकाको वडा नं.८ मा रहेको कैलाशपूर सामुदायिक वनमा दाउँरा काट्दै गर्दा चिप्लिएर १५० मिटर तल खसेर गम्भीर घाइते भएका हुन् ।
ढम्कने खोलामा चदाँरा घाइते अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बहादुर बोहराको कमाण्डमा खटिएको ९ जना प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा उद्वार गरेर जिल्ला अस्पतालमा पुर्याको डीएसपी गिरीले बताए ।
उनको टाउँको र शरिरका विभिन्न भागमा चोट पटक लागेको र अहिले जिल्ला अस्पताल बाजुरामा उपचारका भईरहेको उनले बताएका छन् ।
प्रतिक्रिया