गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:२७

राम्रा खेलाडी उत्पादन हुन सकेन् : रोकाया

गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर २९, २०८१
राम्रा खेलाडी उत्पादन हुन सकेन् : रोकाया

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले राम्रो खेलाडीहरु उत्पादन हुन नसकेको बताएका छन् । पालिकाका पाँचौ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा पालिकाले गरेको लागनी अनुसारका खेलाडीहरु उत्पादन नभएको बताएका हुन् ।  

खेलाडीहरुले खेल क्षेत्रबाटै आफ्नो जीवन निर्वाह गर्न सकुन् भन्ने आफूको उद्देश्यका भएपनि स्थानीय सरकारले लिएको लक्ष्य, गरेको लगानी अनुसार खेलाडी उत्पादन नभएको उनले बताए ।

 खेलाडीहरु उत्पादन गर्न   प्रत्येक वर्ष शिल्ड प्रतियोगिता सहीत अन्य समयमा विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिदै आएको बताए । शुभकामना मन्तवय राख्दै अध्यक्ष रोकायाले खेल क्षेत्रमा मात्र नभएर शैक्षिक लगायत अन्य गतिविधी समेत अगाडी बढाईरहेका बताएका छन् । 

विद्यार्थीहरु जुन जुन क्षेत्रमा रुचि राख्छन्, अब्बल ठान्छन्, र आफ्नो भविष्य देख्छन्, त्या क्षेत्रको बाटो निर्धारण गर्ने, प्यलेटफम तयार गर्ने र अन्य आधार तयार गर्दिने लक्ष्य आफूहरुले लिएको जिकिर गर्दै त्यस अन्र्तगत खेल क्षेत्रपनि अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले पालिकाले बढी लगानी गरिरहेको बताए । 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमुल गाउँपालिकाको प्रस्तुति, उपस्थिति बलियो हुने खालको तयारी हुनेमा विश्वस व्यक्त गर्दै अनुशासित, लगनशिल र व्यवस्थित रुपमा खेल सञ्चालन गर्न खेल प्रशिक्षक, विद्यालयका प्रअ तथा शिक्षकहरुलाई अनुरोध गरेका छन् । 

विद्यालय स्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्ला स्तर हुँदै प्रदेश र राष्टिय प्रतियोगितामा समावेश गराउँने लक्ष्य सहीत खेल क्षेत्रका विकास गरी राष्टिय स्तरसम्म खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यसहित रनिङ शिल्ड आयोजना गरिएको रोकायाले बताएका छन् । 

प्रतिक्रिया