बाजुरा : नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लालबहादुर थापाले गौमुल गाउँपालिकाले देशमै नयाँ सन्देश दिएको बताएका छन् । गौमुल गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा बोल्दै पूर्व संघीय सांसद समेत रहेका थापाले यस्तो बताएका हुन् ।
थापाले गौमुल विकास निमार्णदेखि अन्य जुनसूकै क्रियाकलापमा सुदूरपश्चिममा मात्र नभएर देशमै नयाँ सन्देश दिएर आफ्नो छुट्टै पहिचना बनाउँने पालिका रहेको बताएका छन् । स्थानीय सरकार, स्थानीय सरकार जस्तो भएर चलेको बताउँदै हरेक क्षेत्रमा नमुना बन्दै गएकोमा खुशी व्यक्त गरेका छन् ।
गाउँपालिका नियम, नीति, पद्धतीका आधारमा चलेको भन्दै थप अगाडी बढाउँन सबैको उत्तिकै कर्तव्य र दायित्व रहेको बताए । खेल क्षेत्रले शरिरलाई स्वस्थ राख्नसंगै ग्रामीण अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रलाई मदत गर्ने र विकास निर्माणलाई समेत प्रमाणित गर्ने गरेको बताए ।
खेल मानव जीवनका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीले अनुशासित सहीत केही फरक अभ्यास र फरक क्षमताका साथ अगाडी बढ्न आग्रह गरेका छन् । फरक ढंगले अभ्यास गरे सफलता मिल्ने भन्दै काम उही भएपनि फरक तरिकाले क्षमता प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले गौमुलको विकासका लागि आफूहरु जिम्मेवार रहेका बताए । स्वास्थ्य, शिक्षा, सडक, खानेपानी जस्ता आधारभूत आवश्यकता धेरै पूरा भएको बताउँदै बाकी पूरा गर्ने लयमा रहेका बताएका छन् । उनले अबको केही वर्षभित्रै किर्तिचौर माध्यमिक विद्यालय सुदूरपश्चिमकै मात्रै नभएर देशकै नमुना बन्ने आफूले देखेको बताए ।
पालिकाको शिक्षा अवस्था केही फरक ढंगले देखाउँनका लागि सामुहिक तथा संस्थागत हिसाबले प्रयत्न गर्न आग्रह गर्दै त्यसको साथमा स्थानीय सरकारसंगै आफूहरु पनि रहेको बताएका छन् ।
प्रतिक्रिया