गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३६

शंका-उपशंका नगरेर अगाडी बढौँ : सिंह

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर २१, २०८१
शंका-उपशंका नगरेर अगाडी बढौँ : सिंह

बाजुरा : नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहले शंका–उपशंका नगरेर अगाडी बढ्नुपर्ने बताएका छन् । शुक्रबार गौमुल गाउँ कमिटीले आयोजना गरेको पाँचौ पूर्ण बैठकमा बाल्दै सिंहले यस्तो बताएका हुन् ।

उनले एक अर्काको बारेमा टिकाटिप्पणीमै समय खर्चिनु भन्दा उपलब्धीमुखी काममा व्यस्त र केन्द्रीत हुन आग्रह गरेका छन् । समाजलाई एकतामा गासी विकास उन्मुख बनाउँन सबैको उत्तिकै भूमिका आवश्क पर्ने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

संगठन बलियो हुन विचार सबैको मिल्नुपर्ने बताउँदै कसैको कुरा काट्ने र नेतृत्वलाई विभाजित गर्न नहुने बताएका छन् । पार्टीको सिद्धान्तमा रहेर आआफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध गर्दै संगठन बलियो बनाएर अघि बढ्नुपर्ने औल्याएका छन् ।

प्रतिक्रिया