गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३२

बदल्न र बदलिनुको लागि हामी नै सक्रिय हुनु पर्छ : उपसचिव रोकाया

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर २१, २०८१
बदल्न र बदलिनुको लागि हामी नै सक्रिय हुनु पर्छ : उपसचिव रोकाया

बाजुरा : नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरिबहादुर रोकायाले बदल्न र बदलिनुको लागि आआफूले सक्रिय हुनुपर्ने बताएका छन् ।

 नेकपा एमाले गौमुल गाउँ कमिटीको पाँचौ पूर्ण बैठकमा रोकायाले विकास र समृद्ध समाज बनाउनका लागि यहाँकै मान्छेले लाग्नुपर्ने भएकाले फरक फरक क्षमताका मान्छेहरु यसै ठाउँमा जन्मिनुपर्ने बताएका छन् । 

उनले एक व्यक्ति सधै उही पदमा नरहने भएकाले आफू हुँदा वा नहुदा पनि सक्रिय भूमिका सबैले खेल्नुपर्ने बताए । पार्टी संगठनलाई बलिया बनाउँन कसैलेपनि गलत, विचलन र विकृतिको बाटोमा नजान पनि सुझाए ।

अविचलित ढंगले पार्टीका गतिविधिलाई गति दिन अनुरोध गदै समाज बदल्न स्वयंम हामीले जागरुक हुनुपर्ने बताएका छन् ।  गौमुलको विकासका लागि यसपछि पनि एमालेको सरकारले मात्रै संम्भव रहेको बताउँदै यसका लागि विखण्ड होइन् एकतावद्ध भएर लाग्नुपर्ने बताए । 

खण्डित भएपछि समाजको विकास र देखेका सपनाहरु पुरा नहुने भएकाले पार्टीलाई बलियाे बनाउँन पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै संरक्षण सहीत कर्तव्य र दायित्व पुरा गर्न आवश्यक रहेको बताएका छन् ।

उपसचिव रोकायाले सरकार र संगठनबीच सन्निकट सम्बन्ध रहेको र भोली सम्पक्ति र शक्ति बन्ने गरी लागेको बताएका छन् । गौमुलको विकासको चित्र दिमागमै रहेको र पालिकाको काम नियमित भईरहेको बताउँदै अब मानवीय विकासमा स्थानीय सरकार केन्द्रीत हुने जिकिर गरेका छन् ।

प्रतिक्रिया