बाजुरा : नेकपा एमाले गौमुल कमिटी जनताका गुनासा सुन्न गाउँ जाने भएको छ । शुक्रबार बसेको कमिटीको पाँचौ पूर्ण बैठकले पदाधिकारी सहीत जनप्रतिनिधीहरु जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न गाउँ जाने निर्णय गरेको हो ।
प्रत्यक्ष जनताका माझ पुगेर उनीहरुका समस्या, विकास निर्माणको अवस्था, समाधानका उपाय सहीतको प्रतिवेदन तयार पारेर सरकार पक्षमा पहल गर्ने निर्णय गरिएको एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकायाले बताएका छन् ।
बैठकमा राजनीतिक घटनाक्रम, विकास निमार्ण र आगमीक दिनमा गनुपर्ने काम र खेल्नुपर्ने भूमिकाको बारेमा छलफल सहीत निर्णय गरिएको कमिटीका सचिव धन बहादुर बाेहराले बताएका छन् ।
प्रदेश, जिल्ला स्तरका नेताहरुको उपस्थितिमा पौषभित्र टोल कमिटीको अधिवशेन गरिसक्ने, भातृ संगठनको अधिवेशन, कार्यकर्ता भेला तथा कमिटीलाई प्रशिक्षण दिने जस्ता महत्वपूण निर्णय गरिएको उनले बताए ।
नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष महोन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी उपसचिव हरिबहादु रोकाया, जिल्ला कमिटी सदस्य सीता थापा, गोरख बोहरा, धनलक्ष्मी जैशी, अमर बहादुर विक, देव बहादुर रोकाया, देवेन्द्र बहादुर रोकाया, राजिव रोकाया गीता रोकाया, शान्ति विक, प्रकाश रोकाया लगायतका नेता तथा कार्यकताको उपस्थित रहेको थियो ।
प्रतिक्रिया