गाैमुल खबर डटकम बुधबार १९, मङि्सर २०८१ ०२:५९

लक्ष्मी मावि जिल्लीले मनायो अपाङ्गता दिवस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर १८, २०८१
लक्ष्मी मावि जिल्लीले मनायो अपाङ्गता दिवस

बाजुरा : बडीमालिका नगरपालिका ७ स्थित लक्ष्मी मावि जिल्लीले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बनाएको छ । मंसिर १६ अर्थात ३ डिसेम्बरका दिन मनाइने अपाङ्गता दिवस लक्ष्मीमावि जिल्लीले पनि औपचारिक कार्यक्रमका बीच मनाएको हो ।

विद्यालयले प्यलेकार्ड सहीतको नारा जुलुस सहीत ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामाग्री सहयोग गरि मनाएको हो । विद्यालयका निमित्त प्रअ जनकराज पण्डितको अध्यक्षता र वडा अध्यक्ष धर्मराज पाध्यायको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो । 

बडीमालिका नगरपालिकासँगको सहकार्य, मानव संसाधन केन्द्र एचआरसी बाजुराको आयोजना, हेल्डीक्याप इन्टरनेशनलको सहयोगमा कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक प्रेमलाल पाध्यायले जानकारी दिएका छन् । औपचारिक कार्यक्रमको सञ्चालन पनि शिक्षक पाध्यायले नै गरेका हुन् ।

शारिरीक रुपमा फरक क्षमता भएका अपाङ्गता व्यक्तिहरुलाई पनि अन्य मानव सरह बाँच्न पाउने अधिकार दिनु पर्ने र सबैले समान व्यवाहार गर्नु पर्ने सुझाव वडा अध्यक्ष धर्मराज पाध्यायको छ । पाध्यायले विद्यालयमा पनि साथीहरुले विभेद गर्नु राम्रो नहुने भएकोले सबैको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सफल बनाउनु पर्ने धारणा राखेका छन् ।

पीसविन नेपालका केन्द्रीय समिति कोषाध्यक्ष पार्वती जोशी, बडीमालिका नगरपालिका शिक्षा शाखाका रामबहादुर कटुवाल, पीसविन कार्यक्रम प्रबन्धक धर्मराज राेकाया, विद्यालय व्यवस्थापन समिति सदस्य, एचआरसी बाजुराका कर्मचारी सहीतको सहभागितामा दिवस आयोजना गरिएको रामबहादुर विकले जानकारी दिएका छन् ।

विश्वभर अपाङ्गता भएका व्यक्तिलाई एकीकृत रूपमा प्रवर्धन गर्न सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । सुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो। तर, सन् २००६ डिसेम्बर १३ तारिखका दिन

संयुक्त राष्ट्र सङ्घको ६१ औ महासभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधी पारित गरी सन् २००८ देखि  लागू  भएपछि  अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भनी नामाकरण गरि विश्व भर एकैसाथ ३ डिसेम्बरका दिन मनाउन थालिएको हो । 

प्रतिक्रिया