गाैमुल खबर डटकम बुधबार १९, मङि्सर २०८१ ०३:२२

चुनाव भनेपछि डराउने वातावरणको अन्त्य भयो : अध्यक्ष ओली

मतमा एमालेले जितेपनि राजनीतिक संस्कारमा सबैले जित्यो : एमाले बाजुरा
बाजुरा
रमित वि.क.
मङ्गलबार, मङि्सर १८, २०८१
चुनाव भनेपछि डराउने वातावरणको अन्त्य भयो : अध्यक्ष ओली

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले विगतमा चुनाव भनेपछि बाजुराको गलत धारणा सिर्जना हुने वातावरणको अन्त्य भएको बताएका छन् ।

पार्टी कार्यालयमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै ओलीले उपनिर्वाचनले नयाँ पाठ सिकाएको बताएका छन् ।

जिल्लालाई हत्या, काटमार र बुथ कब्जा गर्छन् भन्ने जबरजस्त भाष्य सिर्जना गर्ने बाह्य हल्लालाई स्वामीकार्तिकमा भएको उपनिर्वाचनले अन्त्य गरेको बताएका छन् ।

२०७९ सालको संघ र प्रदेशको निर्वाचन र २०७९ सालकै बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनको सन्देश देश व्यापी गलत तरिकाले फैलिएको थियो ।

बिशेषगरी काँग्रेस र एमालेले आफु अनुकूलका बुथहरु कब्जा गर्ने, कमजोरी पक्षलाई कुटपिट गर्ने र मतदानमा खटिएका कर्मचारीलाई समेत धम्की दिने, आक्रमण गर्ने गरेको आरोपको अन्त्य गर्ने भूमिका आफ्नो पार्टीले खेलेको धारणा राखेका छन् ।

विचारको बहस गर्ने समयमा पनि हिंसा र कुटपिटको शैली अपनाउने कुरा लोकतान्त्रिक, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित भएको निष्कर्षलाई शीरमा राखेर पार्टी अघि बढ्ने उल्लेख गरेका छन् ।

कमजोरी देखाएर भए नभएको कुरालाई अपवाह फैलाएर जिल्लाको गलत थिति बसाउने गरी, राजनीतिक संस्कार सहितको दलीय व्यवहार गर्न सकारात्मक सन्देश उपनिर्वाचनले दिएको ओलीको भनाई रहेको छ ।

नेताहरुले पार्टीको विचार र सिद्धान्तसँगै मानवीय व्यवहार, मताधिकार र राजनीतिक व्यवाहारलाई उच्च राखेर निर्वाचन गराउने र बाजुरालाई बद्नाम भन्दा विकासको जिल्लाको रुपमा परिचित गराउने कार्यमा एमाले जिम्मेवार रहेको अध्यक्ष ओलीले सुनाएका छन् ।

सबै राजनीतिक दलहरुको बीचमा समझदारी गरेर विकास निर्माणका काम गर्दै आगामी निर्वाचनमा उच्च स्तरको लोकतान्त्रिक वातावरण निर्माण गर्न दलका बीचमा समय समयमा छलफलको आयोजना गरी उच्च राजनीतिक संस्कृतिको निर्माण गर्ने आफुहरु लाग्ने सचिव काँशी विकले बताएका छन् ।

गत विगतमा भएका निर्वाचनबाट राजनीतिक क्षति व्यहोरोको स्मरण गर्दै स्वामीकार्तिक खाप गाउँपालिकामा भएको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न संलग्न मतदाता, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी र पत्रकार लगायत सबैलाई धन्यवाद दिईएको छ ।

पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुलोचना कुमारी भण्डारी बुढालाई बधाई सहित नेपाली काँग्रेसबाट उपविजेता बनेकी पुल्तीसरा शाही र एकिकृत समाजवादीका जवा शाहीलाई पार्टीका तर्फबाट सहानुभूति व्यक्त गरिएको छ ।

महान, चुनौतीपूर्ण, सुन्दर, परिणाममुखी राजनीतिक निर्णयका साथ सहकार्य गरेकोमा नेकपा (माओवादी केन्द्र) स्वामीकार्तिक खापर गाउँ कमिटीलाई उच्च सम्मान व्यक्त गरिएको प्रेस वक्तव्य मार्फत भनिएको छ ।

उपनिर्वाचनमा खटिने केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला कमिटी, गाउँ कमिटी, सबै राजनीतिक दललाई धन्यवादका साथ एमाले बाजुरा “राजनीतिक स्वस्थ वैचारिक प्रतिस्पर्धा विकासमा बृहत् एकता” अभियान चलाएर जिल्लामा राजनीतिक सद्भाव, सामाजिक सदाचार, सुशासन, न्याय, शान्ति, जनताको खुसी र समृद्धिको नेतृत्व गर्न प्रतिवद्ध हुने भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका सचिव रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओली रहेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा पार्टी उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काँशी विक, संगठन विभाग प्रमुख अमर खड्का, शिक्षा विभाग प्रमुख देवु खाती, पूर्व जिल्ला कमिटी सदस्य मैना चदाँरा लगायत पत्रकारको सहभागीता रहेको थियो ।

 


 

प्रतिक्रिया