गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:१६

उपनिर्वाचन : ३७ स्थानको मतपरिणाम सार्वजनिक, को-कहाँ विजयी ?

उपनिर्वाचन-२०८१
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर १७, २०८१
उपनिर्वाचन : ३७ स्थानको मतपरिणाम सार्वजनिक, को-कहाँ विजयी ?

काठमाडौं : आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको मतगणनाको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले हाल काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी रहेको जनाएको छ।

पछिल्लो मतगणनाअनुसार

  • कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल अगाडि रहेका छन्। उनलाई एमालेका सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन्।
  • हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले अग्रता कायम गरेकी छन्। उनलाई कांग्रेसका सविता बुढाले पछ्याइरहेकी छन्। 
  • दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले अग्रता कायम गरेकी छन्। उनलाई एमालेका उमा लुङ्गेली मगर शेर्पाले पछ्याइरहेकी छन्। 
  • यता उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ।  

कहाँ को निर्वाचित ?

  • रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा विजयी भएका छन्। उनले कांग्रेस केशकुमारी तुलाचनलेलाई पराजित गरेका हुन्। 
  • मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। उनले कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन। 
  • दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन्। उनले कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन्। 
  • जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने विजयी भइन्। उनले कांग्रेसका इन्द्रा चन्द (सिंह) लाई पराजित गरिन्।
  • बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन्। उनले कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिन्। 

वडा अध्यक्षमा को-को निर्वाचित ?

  • काठमाडौं महानगरपालिका–१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ
  • कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन 
  • कीर्तिपुर नगरपालिका–४ मा कांग्रेसका राजेन्द्र बानियाँ
  • नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे 
  • हेटौँडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री
  • कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही
  • जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह 
  • दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही
  • रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री 
  • ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन 
  • झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली
  • तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू 
  • सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु 
  • ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ
  • उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई
  • सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह
  • डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव
  • धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट
  • महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ 
  • रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक 
  • गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादव
  • रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम
  • गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर
  • गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ
  • कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमा
  • रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर 
  • बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु
  • बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा
  • डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा  
  • दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द

प्रतिक्रिया