गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३८

बाजुरामा ६२ जना एचआइभी संक्रमित

गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर १७, २०८१
बाजुरामा ६२ जना एचआइभी संक्रमित

बाजुरा : बाजुरामा ६२ जना एचआइभी संक्रमित रहेका छन् । आर्थिक वर्ष २०८०÷८१ सम्म एचआइभी संक्रमितको संख्या ६२ पुगेको तथ्याङ्क सार्वाजनिक भएको हो । बाजुरासहित सुदूरपश्चिममा नयाँ एचआइभी संक्रमित हुने दर भने घटेको छ ।

जनचेतनाको विकास, परीक्षणको सुविधा तथा औषधी सेवनको पहुँच विस्तारले नयाँ संक्रिमत हुने दर घटेको बताईएको छ । सुदूरपश्चिममा यो वर्ष एक लाख ११ हजार बढीमा परीक्षण गर्दा २१८ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेशभर १७ ठाउँबाट एचआइभी संक्रमितलाई औषधी वितरण गरिँदै आएको छ । प्रदेशभर एआरटी उपचारमा ३ हजार ७२३ जना संक्रमित रहेका छन् । सुदूरपश्चिममा आर्थिक वर्ष २०८०÷८१ सम्म एचआइभी संक्रमितको अनुमानित संख्या ४ हजार २६५ रहेको छ ।

जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ भने उपचारको दायरमा ३ हजार ७२३ संक्रमित मात्रै आएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले संक्रमित मध्ये एक हजार ९ सय २० जनाको भाईरल लोड सप्रेसको अवस्था रहेको छ । तर पनि विगतका वर्षको तुलनामा नयाँ संक्रमित हुने दर घटेको निमित्त स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बमले बताएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ मा २१८ जना नयाँ संक्रमित मध्ये पुरुष १२९, महिला ८५ र एक जना यौनिक अल्ससंख्यक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा संक्रमण पुष्टि भएकामध्ये २१४ जना मात्रै नियमित उपचारमा दर्ता भएका छन् । यो वर्ष ६४ जना संक्रमितको एड्सका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना पुरुष, २३ जना महिला र एक जना यौनिक अल्पसंख्यक रहेका छन् । 

एचआइभी संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा देखा परेको छ। जिल्लामा एक हजार ७४५ जना संक्रमित छन् । कैलालीपछि दोस्रो बढी संक्रमित भएको जिल्ला अछाममा ५८४ जना संक्रमित छन भने डोटीमा ४९३ जना संक्रमित छन्। 

यसैगरी, कञ्चनपुरमा ४६० जना संक्रमित छन्। बैतडीमा १२८, डडेल्धुरामा ११५, बझाङमा ९१ त्था सबैभन्दा कम दार्चुलामा ४५ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जनचेतना र उपचारको सहज उपलब्धताले नयाँ संक्रमण हुने दर घटेको निमित्त स्वास्थ्य निर्देशक बमले बताए । 

प्रतिक्रिया