हार्दिक अभिवादन !
स्वामीकार्तिक खापर गाउँपालिकामा २०८१ मंसिर १६ गते सम्पन्न उपाध्यक्ष पदको उप–निर्वाचनमा मतदान गर्नुहुने सम्पूर्ण मतदातामा हार्दिक धन्यवाद व्यक्त गर्दछु । १७४० मत प्राप्त गरी २६६ मतान्तरले विजयी नेकपा (एमाले) उमेदवार सुलोचना कुमारी भण्डारी (बुढा) लाई बधाई ।
निर्वाचनमा नेकपा (एमाले) सँग महान, चुनौतीपूर्ण, सुन्दर, परिणाममुखी राजनीतिक निर्णयका साथ सहकार्य गर्नुहुने नेकपा (माओवादी केन्द्र) स्वामीकार्तिक खापर गाउँ कमिटीलाई उच्च सलाम छ ।
यो निर्णय गर्न, गराउन नेतृत्व गर्नुहुने नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम कमिटी कोषाध्यक्ष कमरेड कमल कुमारी शाह, जिल्ला कमिटी सचिव कमरेड रमेश (साहसी) वि.क. लगायत सबै कमरेडमा हार्दिक धन्यवाद ।
शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा उप–निर्वाचन सम्पन्न गर्न खट्नुभएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई सुमन आभार एवम् धन्यवाद छ ।
उप–निर्वाचनको परिणाम नेकपा (एमाले) को पक्षमा ल्याउन प्रचार–प्रसार तथा निर्वाचन प्रक्रियामा खट्नुभएका केन्द्रीय कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, बाजुरा जिल्ला कमिटी, स्वामीकार्तिक गाउँकमिटीका श्रद्देय नेता कमरेडहरूमा हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।
यस उप–निर्वाचनमा सहयोग गर्नुहुने नेकपा (एमाले) केन्द्रीय कमिटी, सुदूरपश्चिम कमिटी, जनप्रतिनिधिहरू, पार्टीका नेता तथा कार्यकर्मीहरूलाई धन्यवाद छ । प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक, सहयोगी मन र कर्महरूलाई धन्यवाद छ ।
उप–निर्वाचनलाई उच्च लोकतान्त्रिक अभ्यासमा पुर्याउन प्रतिष्पर्धामा सहभागी नेपाली काँग्रेसका पुल्तीसरा शाही र (नेकपा) एकीकृत समाजवादीका जवा शाहीलाई सहानुभूति एवम् सम्मान व्यक्त गर्दछु ।
विगतका विभिन्न निर्वाचनमा भएका व्यवस्थापकीय कमजोरी, राजनीतिक सुझबुझको कमी, प्रशासनिक बन्दोबस्तीको कमी आदीका कारण घटेका घटनाको परिणाम स्वरूप जनतामा उब्जिएको निराशा र जिल्लाको छविमा लागेको धमिलो धब्बालाई यस उप–निर्वाचनले अस्ताउँदो क्षितिजमा बिसाएको छ ।
राजनीतिक दलको प्रतिबद्दता र प्रशासनको बन्दोबस्ती तथा तत्परता, स्वामीकार्तिक खापर गाउँपालिकाका मतदाता÷जनताको सभ्य सुझबुझले यो सम्भव भएको अनुभूत भएको छ ।
बाजुरा जिल्लामा आउने सबै निर्वाचन जनअपेक्षा अनुसार भयरहित बनाउन नेकपा (एमाले), बाजुरा प्रतिबद्ध रहेको छ । सबै राजनीतिक दल, जनता, प्रशासनिक क्षेत्रबाट यस अभियानमा सहकार्यको अपेक्षा गर्दछु ।
धन्यवाद !
लाल बहादुर ओली
अध्यक्ष
नेकपा (एमाले), जिल्ला कमिटी, बाजुरा
प्रतिक्रिया