गाैमुल खबर डटकम मङ्गलबार ०४, कार्तिक २०८२ ०८:०६

एमालेले ओखलढुंगाको मोलुङ–५ बाट खोल्यो खाता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
एमालेले ओखलढुंगाको मोलुङ–५ बाट खोल्यो खाता

आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् ।

रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् । उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया