गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:२८

सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो, कहाँ कति ?

उपनिर्वाचन-२०८१
धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो, कहाँ कति ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मत खसेको छ । एक गाउँपालिकाको उपाध्यक्ष र चार वडा अध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ५७ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

उपाध्यक्षका लागि उपनिर्वाचन भएको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ५२.३१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कुल सात हजार ४६० मतदाता मध्ये तीन ९०३ जनाले मतदान गरेका छन् ।

जसमा दुई हजार जना महिला र एक हजार ९०३ पुरुष रहेका छन् । बझाङ सुर्मा गाउँपालिका–४ मा ७७ प्रतिशत मत खसेको छ । कुल एक हजार ५५४ मतदाता मध्ये एक हजार १ सय ९८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ६८ प्रतिशत मत खसेको छ । यहाँ एक हजार २ सय ७२ मतदाता मध्ये आठ सय ७७ जनाले मतदान गरेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा ५२ प्रतिशत मतदान भएको छ ।

एक हजार ५९३ जना मतदाता रहेकोमा आठ सय ३९ जनाले मतदान गरेका छन् । मतदान सम्पन्न भएका सबै ठाउँमा मतपेटिका संकलनको काम भइरहेकाले आइतबार रातिदेखि नै मतगणना गर्ने तयारी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया