गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०५

स्वामीकार्तिकमा ५२.३१ प्रतिशत मतदान, सबै भन्दा कम मत खस्यो

उपनिर्वाचन-२०८१
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
स्वामीकार्तिकमा ५२.३१ प्रतिशत मतदान, सबै भन्दा कम मत खस्यो

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो ।

जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय २२, ३ नम्बरमा १ हजार ६८, ४ नम्बरमा ७ सय ७८ र ५ नम्बरमा ४ सय ७० मत खसेको बताइएको छ । फोन सम्पर्क प्रभावकारी नभएकै कारण मतदान बारे थप जानकारी लिन समस्या देखिएको छ ।

सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला वाईमा ल्याउने तयारी गरिएको छ । राति नै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको रहेको छ । 

पालिकाको ५ वटा वडाका ८ वटा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्य सकिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् ।  प्रत्येक नागरिकले लाईनमै लागेर आफ्नो मतको आफैले प्रयोग गर्ने वातावरणमा निर्वाचन सकिएको छ ।

पालिकामा उपाध्यक्षका लागि तीन जना बीच प्रतिस्पर्धा छ । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी (बुढा), नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र नेकपा एकीकृत समाजवादीबाट जवा शाहीको उम्मेदवारी छ । नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
 

प्रतिक्रिया