गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

बाजुरामा मतदातालाई मतपत्रमा कसरी मतदान गर्ने भन्नेबारे शिक्षा दिईदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख १६, २०७९
बाजुरामा मतदातालाई मतपत्रमा कसरी मतदान गर्ने भन्नेबारे शिक्षा दिईदै

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ । 

युएन डिपिको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाका लागि निर्वाचन प्रकृया, मतदाता शिक्षा र नमुना मतदान बारे यस अघि नै धनगढीमा स्वमंसेवकलाई अभिमुखिकरण कार्यक्रम गरेर प्रशिक्षण गरिएको थियो ।जिल्लाका यी दुई नगरपालिका भित्रका दलित समुदायका मतदातालाई घरमै पुगेर मतदाता शिक्षा दिईरहेको मतदाता शिक्षा अभियानका स्वंयम सेवक प्रेम नेपालीले बताएका छन् ।

आमागी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित समुदायका मतदातालाई निर्वाचन प्रक्रिया, मतदाता शिक्षा, नमुना मतदाताका बारेमा जानकारी गराईएको स्वंम सेवक नेपालीले बताएका छन् । उनका अनुसार मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने र निर्वाचनमा बदर मतको संख्यामा कमि गर्न दलित समुदायका गाउँगाउँमा पुगेर बैशाख १७ गतेसम्म ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने छ ।

प्रतिक्रिया