गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०९

स्वामीकार्तिक खापर गाउँपालिकामा उत्साहपूर्ण मतदान जारी

उपनिर्वाचन-२०८१
बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
स्वामीकार्तिक खापर गाउँपालिकामा उत्साहपूर्ण मतदान जारी

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको छ ।  आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान शान्तपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् ।

उपाध्यक्ष चयनका लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्र तोकिएको पोखरेलले बताए ।  स्वामीकार्तिक खापर गउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी (बुढा), नेपाली काँग्रेशबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही उम्मेदद्वारा छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारा दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी फिर्ता लिएकी हुन् ।

०७९ सालको स्थानीय निर्वाचनमा रुख चिन्हका उम्मेदार नेपाली काँग्रेसबाट मैना जोशीले  १ हजार ८ सय १० मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी  सूर्य चिन्हबाट नेकपा एमालेकी सुलोचना बुढाले  १ हजार ६ सय ३७ मत  प्राप्त गरेकी थिइन्।

स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन् ।

त्यसैगरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाता रहेका निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महतले जानकारी दिए।

प्रतिक्रिया