गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३६

रामेछापमा सुमो दुर्घटनामा परेर वडाध्यक्षको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, मङि्सर १४, २०८१
रामेछापमा सुमो दुर्घटनामा परेर वडाध्यक्षको मृत्यु

काठमाडौं : रामेछापमा शुक्रबार भएको सुमो दुर्घटनामा परेर वडाध्यक्षसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतको मृत्यु भएको हो।

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा दुर्घटना भएको हो। मृत्यु भएका अन्य चार जनाको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ। 

प्रतिक्रिया