गाैमुल खबर डटकम बुधबार १२, मङि्सर २०८१ ०५:२१

गौमुल गाउँपालिकामा १ हजार भन्दा बढीको निःशुल्क आँखा परीक्षण

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर ११, २०८१
गौमुल गाउँपालिकामा १ हजार भन्दा बढीको निःशुल्क आँखा परीक्षण

बाजुरा : गौमुल गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविरमा १ हजारभन्दा बढीले सेवा लिएका छन् । अन्धोपन न्युनीकरण गर्ने उद्देश्य सहीत तीन वटा वडामा सञ्चालन गरिएको शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा परीक्षण गराएका हुन्  ।

गौमुल गाउँपालिकाको समन्वय तथा जिल्ला आँखा अस्पताल केन्द्र बाजुराको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । आर्थिक अभाव लगायत विभिन्न कारणले अस्पताल सम्म नगई न्युनदृष्टिको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चान गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

शिविरमा वडा नंं.३ मा २ सय ४५ जना, वडा नं.४ मा ३ सय ७५ र वडा नंं.५ मा ३ सय ८६ गरी जम्मा १ हजार ६ जनाको आँखा परीक्षण गराएको उनले बताए । ती मध्ये २० जनालाई चस्मा वितरण गरिएको छ । भने १२ जनालाई रिफर गरिएको र ९ जनाले चस्मा पाउँन बाकी छन् ।

वर्षौदेखि विभिन्न समस्याले आँखाको रोग पालेर बसिरहेका नागरिकलाई लक्षित गरी गाउँमै निःशुल्क शिविर सञ्चालन गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि गाउँपालिकाले जिल्ला आँखा अस्पताल केन्दसंगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताईन् । 

गाउँपालिकाको क्षमता अनुसार गौमुलबासीलाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको र नयाँ योजनाका साथ स्वास्थ्य सेवा प्रदान गर्नमा आफूहरु प्रतिवद्ध रहेको बताएकी छन् । नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्यका साथ पालिकामा बेला–बेला विभिन्न रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको र आगामीक दिनमा समेत यसलाई निरन्तरता दिने बताएकी छन् ।

बाकी रहेका १, २ र ६ नम्बर वडामा समेत केही दिनपछि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकले बताएका छन् ।  

प्रतिक्रिया