बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेलाई सहयोग गर्ने भएको छ ।
उक्त पार्टीका तर्फबाट उम्मेदवारी दिएका दुबैजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसंगै एमालेलाई सहयोग गर्ने बताईएको छ ।
माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकी राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएकी सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएका हुन् ।
गत मंसिर २ गते उम्मेदवार हुन मनोनयन दर्ता गराएका दुबैजनालाई आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएसंगै निजहरुको नाम उम्मेदवारको सूचीबाट हटेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम उम्मेदवारहरुको नामावलीको सूचीबाट हटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीलाई सहयोग गर्ने गरी समझदारी भएको एमाले अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
प्रतिक्रिया