बाजुरा : बाजुराको कोल्टीबाट राष्टिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिमको यात्रा अभियान शुभारम्भ गरेको छ । जनताका गुनासा सुन्न, नागरिकका समस्याहरु संकलन सहीत साक्षात्कार गर्न अभियान तय गरिएको सुदूरको यात्रा अभियान कोल्टी बाजुराबाट सुरु गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
सोमबार विहान बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा वृहत आमसभा कार्यक्रमको आयोजना गरी सुदूरपश्चिमका ५ जिल्लाको यात्रा अभियान सुरु गरिएको उनले बताए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका शिर्ष नेताहरुको अभियानमा सहभागि रहेका छन् ।
बाजुराबाट सुरु गरेको अभियान राप्रपाले अब सुदूरपश्चिमको अछाम, डोटी, कञ्चनपुर र कैलालीका जनतासंग भेटघाट गर्ने कार्यतालिका रहेको छ । आज कोल्टीमा आयोजना गरेको वृहत आमभेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सक्ता गठबन्धन दलले जनतालाई बन्धकमा राखेको आरोप लगाएका छन् ।
ती दलहरुले जनतालाई एक आपसमा दन्द्ध निम्त्याई मारा–मारको स्थिति सिर्जना गर्दै आएका बताएका छन् । अब यस्ता अराजक शैलीका व्यक्तिहरुलाई पाखा लगाउनु पर्ने बताउँदै जनताले सचेत भई युवाहरुले जाग्नु पर्ने बताए ।
त्यस्तै राप्रपाका पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई हावाईमा सहजता गर्न ध्यानाकर्षण गराएका छन् । जहाज नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता यहाँका जनताको उदाहरण दिँदै सांसद समेत रहेका शाहीले सहज हवाई र यातायातको विकास गर्न सुझाव दिएका छन् ।
शाहीले मार्तडी–कोल्टी सडक खण्डको अवस्था निकै दयनीय रहेकाले तत्काल सडकको मर्मत सम्भार हुनुपर्ने बताउँदै आफू मन्त्री पाण्डेलाई प्रत्यक्ष भेटेर समेत बाजुराका समस्या सुनाउँने र समाधान तर्फ केन्द्रीत हुन अपिल गर्ने बताएका छन् ।
बाजुराको समग्र विकासका लागि संसदमा आफू आवाज उठाउँने उनले वचन दिएका छन् । कोल्टीमा जैतुन खेतीका लागि समेत संसदमा र सम्बन्धीत निकाय समक्ष आवाज उठाउँने समेत बताएका छन् । एक फरक प्रशंगमा बोल्दै शाहीले अब युवाहरुले परिवर्तनको संम्बाहक बन्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया