गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०७:३९

भूमि व्यवस्था तथा कृषि मन्त्री बाजुरामा, बडीमालिका कोदो दिवसको उद्घाटन गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ३०, २०८१
भूमि व्यवस्था तथा कृषि मन्त्री बाजुरामा, बडीमालिका कोदो दिवसको उद्घाटन गर्ने

बाजुरा : बडीमालिकाले नगरपालिकाले मंसिर १ गतेलाई कोदो दिवस मनाउने भएको छ । यो वर्षबाट हरेक वर्षको मंसिर १ लाई कोदो दिवसको रुपमा मनाउने निर्णय सहित आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ । पहिलो कोदो दिवसको पालिकाले भव्य तयारी गरेको छ । 

विहान ११ बजेबाट सुरु हुने दिवसको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले बताएको छ । दिवसको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले गर्ने भएका छन् । थापा कार्यक्रमका लागि बाजुरा आइसकेको नगर प्रमुख अमर खड्काले जानकारी दिएका छन् । 

कोदो बालीको प्रवद्र्धन र विकास गर्न र रैथानी बाली प्रति स्थानीय किसानको आकर्षण बढाउन कोदो दिवस आयोजना गर्न लागिएको हो । यस अघि बडीमालिका नगरपालिकाले आलु महोत्सव समेत गरेको थियो । कोदो दिवसकै सन्दर्भ जुराएर बडीमालिका नगरपालिकाले निर्माण गरेको कोल्ड च्याम्बर तथा कृषि बजार गृहको उद्घाटन पनि गरिने भएको छ ।

कृषि विकास निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिकाको सयूक्त सहकार्यमा कृषि उपज संकलनका लागि कृषि च्याम्बर गृह निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुरासँगको सहकार्यमा बडीमालिकाले पहिलो पटक कृषि उपज बस्तुहरुको संकलन, व्यवस्थापन र भण्डारणका लागि च्याम्बर गृह निर्माण गरि सञ्चालनमा ल्याउन लागेको हो । 

कृषि बजार सञ्चालनका लागि गएको साउनमा नै आवश्यक संरचनाका भवनहरु निर्माण भइसकेका छन् । कृषि बजार गृहहरुको हस्तान्त्रण र उद्घाटन एकसाथ गरिने भएको छ । कृषि च्याम्पर भवनहरु सञ्चालनमा आए बजारमा डोको बोकेर तरकारी विक्री गर्नु पर्ने समस्या हट्ने विश्वास गरिएको छ ।

673608f1b4088

प्रतिक्रिया