गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:४१

किशोर किशारीमैत्री सूचना केन्द्रमा अभिमुखीकरण कार्यक्रम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक २७, २०८१
किशोर किशारीमैत्री सूचना केन्द्रमा अभिमुखीकरण कार्यक्रम

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको कीर्तिचौर मावि कालादह र वडा नम्बर ५ मा रहेको मानाकोट मावि थलामा किशोर किशोरीमैत्री सूचना कक्ष सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालयमा सञ्चालित किशोर किशोरीमैत्री सूचना केन्द्रलाई व्यवस्थित गर्न र सूचना केन्द्रको सञ्चालन तथा किशोर तथा किशोरीले आवश्यक छलफल गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको पीसविन पालिका अधिकृत कृष्ण बाेहराले बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा सूचना केन्द्रका बारेमा जानकारी, केन्द्रको लक्ष्य, उद्देश्य र सिद्धान्त र स्थापना कहाँ गर्न तथा सामाग्रीहरुको व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको थियो ।

साथै सूचना केन्द्रलाई दिर्घकालिन रुपमा सञ्चालन गर्नका लागि आवश्यक स्रोतको पहिचान गर्ने र चेतना फैलाउने सामाग्री तथा पुस्तकहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल गरिएको हो ।

उक्त किशोर किशोरीमैत्री सूचना केन्द्रलाई व्यवस्थापन गर्नका लागि व्यवस्थापन समिति र स्रोत उपलब्ध गराउनका लागि सल्लाहकार समिति समेत गठन गरिएको छ ।

सोही अवसरमा बृहत् यौनिकता शिक्षा सम्बन्धी अभिमुखीकरणसंगै विश्व र नेपालको अवस्था बारेमा पनि जानकारी गराईएको हो ।

कार्यक्रममा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंह, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । 


 

प्रतिक्रिया