बाजुरा : बाजुरामा सवारी साधन कारबाहीबाट १ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन भएको छ । दशैंतिहारको अवधीमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ३ सय १९ वटा सवारी साधन कारबाहीबाट १ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
करिब एक महिनाको अवधीमा ट्राफिक नियम उल्लघंन गर्ने विभिन्न सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका सहायक हवल्दार हर्क बहादुर सिजालीले जानकारी दिएका छन् ।
ट्राफिक नियम उल्लंघन गर्ने १ सय ७४ जीप÷कारबाट ९८ हजार ५ सय, ९८ मोटरसाइकलबाट ६६ हजार, १७ ट्याक्टरबाट १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको उनले बताएका छन् ।
त्यस्तै १५ वटा अटोरिक्साबाट १० हजार ५ सय, १३ ट्रकबाट ७ हजार ५ सय र २ वटा बसबाट १ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको सहायक हवल्दार सिजालीले बताए ।
जिल्ला ट्राफिक कार्यालयले जिल्लामा सवारी साधन दुर्घटना हुन नदिन ट्राफिक नियमको जानकारी सहीत यात्रुलाई सचेत गराउँने र सवारी चेकजाँचमा समेत कडाइ गरिदै आएको छ ।
चेकजाँच गर्ने क्रममा चालक अनुमतिपत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका, सिल्ट बेल्ड नबाँधेका, कागजपत्र नबोकी सवारी साधन चलाएका, क्षमता भन्दा बढी यात्रु बोकेका र यात्रुसँग तोकिएभन्दा बढी भाडा असुलेका यातायात साधनका चालकबाट उक्त राजस्व संकलन गरिएको उनले बताएका छन् ।
प्रतिक्रिया