बाजुरा : बाजुराका एक जना युवाको करेन्ट लागेर मुम्बईमा मृत्यू भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–९ का अन्दाजी २६ वर्षका खगेन्द्र धामी रहेका छन् ।
रोजगारीको सिलसिलामा श्रीमति सहित मुम्बईमा बस्दै आएका धामीको आफ्नै काम गर्ने साहुकोमा दिपावलीका विभिन्न लाईटहरु जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त दीलबहादुर थापा (भोटे)ले जानकारी दिएका छन् ।
मृतक धामीका एक छोरी छन् उनी धनगढीमा छन् भने श्रीमति मुम्बईमा ११ महिनादेखि रोजगारीको सिलसिलामा श्रीमानसंगै बस्दै आएकी थिइन् । धामीको करेन्ट लागेर मृत्यु भएपछि श्रीमति मुम्बईमा अलपत्र परेकी छन् ।
प्रतिक्रिया